
Japan’s ruling Liberal Democratic Party (LDP) lawmaker and former foreign minister Fumio Kishida shows off his note book during a news conference as he annouces his candidacy for the party president election in Tokyo, Japan August 26, 2021. REUTERS/Issei Kato
टोकियो। जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिडा निर्वाचित हुुनुभएको छ । लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी)को निर्वाचन समितिले बुधबार उहाँलाई निर्वाचित भएको घोषणा गरेको हो ।
जापानका पूर्व विदेशमन्त्री समेत रहनु भएका किशिडाले २५७ मत ल्याएर जित हासिल गर्नु भएको निर्वाचन समितिले जनाएको छ । उहाँका प्रतिश्पर्धी तारो कोनोले भने १७० मत ल्याउनु भएको थियो ।
नव निर्वाचित अध्यक्ष किशिडा पार्टीको संसदीय दलको अध्यक्षमा समेत निर्वाचत भइ प्रधानमन्त्री समेत हुने संभावना रहेको छ । आगामी अक्टोबर ४ तारिखका दिन उहाँ प्रधानमन्त्रीमा निर्वार्चित हुने देखिएको अधिकारीहरुले जनाएका छन् । उहाँले वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई विस्थापित गर्नुहुने छ । सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिडाले निर्वाचित हुने मौका पाउनु भएको हो ।
सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको र कोरोनाभाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफैँ पछि हट्ने निर्णय गर्नु भएको हो । उहाँ प्रधानमन्त्री भएको झण्डै एक वर्षमै विदा हुन लाग्नु भएको छ ।
नवनिर्वाचित अध्यक्ष किशिडा अहिले ६४ बर्षको हुनुभएको छ । उहाँको जन्म टोकियोकै शिबुया सहरमा भएको हो । सन् १९९३ देखि प्रतिनिधि सभाको सदस्य रहँदै आउनु भएको छ । सन् २०१२ देखि २०१७ सम्म विदेश मन्त्री बन्नु भएका किशिडा आफ्नो पार्टीको नीति अनुसन्धान परिषद्को अध्यक्ष पनि हुुनभएको थियो ।
जापानको राजनीतिक परिवारका सदस्य किशिडाका बुवा र हजुर बुवा समेत प्रतिनिधि सभाको सदस्य हुनुहुन्थ्यो ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस