लण्डन । गैर आवासीय नेपाली संघका अध्यक्षका प्रत्यासी डा. बद्री केसीले आफ्नो समूहको टुंगो लगाएका छन्। रसिया निवासी ब्याबसायी समेत रहेका वर्तमान उपाध्यक्ष डा. केसी आफ्नो समूहसहित चुनावी मैदानमा उत्रिने भएका हुन्।
डा. केसी समूहबाट ६ जना उपाध्यक्षहरु (एक महिला र एक युवा समेत) र अन्य उम्मेदवारहरुको टुङ्गो लागेको छ।
उपाध्यक्षका उम्मेदवारहरुमा डा. हेम राज शर्मा (यूके), महेशकुमार श्रेष्ठ (जापान), डिबी क्षेत्री (ओमान) र धर्मराज अधिकारी (अष्ट्रेलिया) रहेका छन्। महिला उपाध्यक्षमा यासमिन बेगम सैयद (साउदी अरब) र युवा उपाध्यक्षमा रोशन थापा (अफ्रिका) बाट उम्मेदवारी दिने भएका छन्।
अमेरिकी क्षेत्रबाट महासचिवमा गौरीराज जोशीलाई अघि सार्ने तयारी डा. केसी समूहले गरेको छ। जोशी वर्तमान कार्यसमितिका सचिवसमेत हुन्।
चार सचिव पदका उम्मेदवारहरुमा रामशरण सिम्खडा (यूके), चिरन्जीवी घिमिरे (क्यानाडा), ओम गुरुङ (जापान) र महिलातर्फ राधिका (टिका) गुरुङ (हङकङ) रहेका छन्।
कोषाध्यक्ष पदमा लोक प्रसाद दाहाल (बेल्जियम) को नाम तय भएको छ भने सहकोषाध्यक्ष पदको उम्मेदवार भने टुंगो लगाउन बाँकी छ । तर महिला सहकोषाध्यक्षमा भने यमुना भट्टराई (अमेरिका) को नाम चयन भएको छ । यस्तै, महिला संयोजकमा संगिता मरहठ्ठा (यूके) र युवा संयोजकमा मिलन छन्त्यालको (आयरल्याण्ड)ले उम्मेदवारी दिने भएका छन्।
आगामी अक्टोबर २३-२५ सम्म काठमाडौंमा हुने दशौं विश्व सम्मेलनले संघको नयाँ नेतृत्व चुन्नेछ।
नयाँ नेतृत्वका लागि बेलायतका ब्याबसायी कुल आचार्य र अमेरिकाबाट रविना थापाले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन्।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपालमा सवा ९ लाख मतदाता थपिए