काठमाडौँ। चीनले नेपालसँगको सम्बन्धलाई प्रगतिको नवीन मार्गमा अघि बढाउन चाहेको बताएको छ ।
राज्य परिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज बधाई सन्देश पठाएर दुई देशबीचको सम्बन्ध नयाँ ढङ्गले प्रवर्धन गर्न चाहेको बताउनुभएको हो ।
नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले आफ्ना विदेशमन्त्रीले परराष्ट्रमन्त्री खड्कालाई बधाई सन्देश पठाउनुभएको तथा चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन उहाँसँग सहकार्य गर्न आफू इच्छुक रहेको सन्देशमा उल्लेख गर्नुभएको सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
सामाजिक सञ्जाल ट्विटरमा राजदूत हउले लेख्नुभएको छ, “आज चीनका राज्य परिषद् सदस्य तथा विदेशमन्त्री श्री याङ यीले नेपालका नयाँ विदेशमन्त्री माननीय डा नारायण खड्कालाई बधाई सन्देश पठाउँदै चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफ्ना समकक्षीसँग उहाँले सँगसँगै काम गर्ने तत्परता व्यक्त गर्नुभएको छ ।”
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन