
काठमाडौँ। मदन पुरस्कार ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ पुस्तकका लागि भगिराज इङ्नामलाई दिने निर्णय भएको छ ।
मदन पुरस्कार गुठीको आज बसेको बैठकले २०७७ को मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कारको निर्णय गरेको हो । यस वर्ष जगदम्बा–श्री पुरस्कारबाट नृत्यशास्त्री भैरवबहादुर थापालाई सम्मानित गर्ने निर्णय भएको छ । गुठीमा प्राप्त २२२ पुस्तकमध्ये नौ वटा पुस्तक मदन पुरस्कार श्रेष्ठ सूची २०७७ का रूपमा छनोट भएका थिए ।
मदन पुस्कारका लागि छनोट भएको पुस्तकमा इङ्नामले राणा, पञ्चायत र शाह कालमा पूर्वी नेपालको लिम्बूवान क्षेत्रको सुभाङ्गी प्रथाको विषयमा खोजमूलक विषय समेट्नुभएकोे छ । त्यस्तै सम्मानित हुन लाग्नुभएका थापा लामो समयदेखि नृत्य विधाको अध्ययन, अनुसन्धान र प्रयोगात्मक ज्ञानमार्फत यस क्षेत्रको विकासमा लाग्नुभएको छ ।
गुठीले विसं २०१३ देखि मदन पुरस्कार वितरण गर्दै आएको छ । नेपाली कला र साहित्यमा यो पुरस्कारलाई प्रतिष्ठित मानिन्छ ।
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते