ओट्टावा। क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो तेस्रो पटक निर्वाचित हुनुभएको छ ।
गत सोमबार भएको संसदीय निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो । मतगणना जारी रहेकाले अहिले उहाँको पार्टी लिवरल पार्टीले अधिकांश ठाउँमा अग्रता कायमै राखेको छ । उहाँ र उहाँको पार्टीको जितसँगै उहाँ तेस्रो पटक प्रधानमन्त्री बन्नु हुने देखिएको छ ।
निर्वाचनमा उहाँको दल र उहाँ फेरि विजयी हुने पुर्वानुमानअनुसार नै उहाँ विजयी हुनुभएको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् ।उहाँ यसअघि सन् २०१५ देखि देशको प्रधानमन्त्री हुदै आउनु भएको थियो । त्यसपछि उहाँले पछिल्लो ६ बर्षमा अहिलेसम्म तीन पटक आम निर्वाचन जित्नु भएको हो ।
अहिले ४९ वर्ष हुनुभएका ट्रुडोले कुबेक शहरको पापीनोबाट सांसदमा निर्वाचित हुनु भएको राज्यद्वारा सञ्चालित प्रसारण संस्था सीबीसीले जनाएको छ । सीबीसी र सीटीभी दुवैले लिबरल दलको सरकार बन्ने अनुमान गरेका थिए ।
प्रधानमन्त्री ट्रुडोले पनि आफू निर्वाचित भएको जानकारी दिदै निर्वाचन अधिकृतहरूको प्रशंसासहित उनीहरुलाई धन्यवाद दिनुभएको छ ।
अहिले मतगणना भइरहँदा १४१ ठाउँमा उहाँको पार्टीको अग्रता रहेको छ भने विपक्षी दल कन्जरभेटिभ ९९ ठाउँमा अगाडि देखिएको छ । क्यानडामा अहिले ३३८ सिटका लागि निर्वाचन भएको हो । बहुमतका लागि कम्तीमा १७० ठाउँमा जित हासिल गर्नुपर्दछ ।
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी