ढाका । बंगलादेशमा चीनमा निर्मित कोरोनाविरुद्धको थप ५० लाख खोप लगिएको छ ।
सो खोप शनिबार बगलादेश पुगेको बताइएको छ । चिनियाँ कम्पनी सिनोफार्मद्धारा निर्माण गरिएको सो खोप चीनको सहयोगमा बगलादेश पुगेको बताइएको हो । बंगलादेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मैदुल इस्लाम प्रोधानले सो कुराको जानकारी दिनुभयो ।
प्रवक्ता मैदुलले भन्नुभयो– शनिबार बंगलादेशको राष्ट्रिय एयरलाइन्स् विमान बंगलाबाट अपरान्ह २ बजे ५० लाख डोज खोप बंगलादेश आइपुगेको छ । चीन सरकारसँग भएको महामारी विरुद्धको लडाइँमा सहयोगस्वरुप बंगलादेशले सो खोप प्राप्त गरेको हो । चीन सरकारले बंगलादेशलाई यसअघि पनि खोप सहयोग गरेको थियो ।
बंगलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म बगलादेशले चीनबाट करिब २ करोड ५० खोप सहयोग गरेको छ । यो सबै चीनले अनुदान स्वरुप बंगलादेशलाई उपलब्ध गराएको खोप भएको पनि बताइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा