पेरिस। अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको परमाणु पनडुब्बी सम्झौताको फ्रान्सले आलोचना गरेको छ । आफ्नो देशसँग भएको सम्झौतालाई तोडेर तीन देशले नयाँ सम्झौता गरेकोमा आपत्ति जनाउँदै फ्रान्सले अस्ट्रेलिया र अमेरिकामा रहेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
यसअघि परमाणु पनडुब्बी निर्माणको लागि फ्रान्सले अस्ट्रेलियासँग सम्झौता गरेको थियो ।
गत बुधवार अस्ट्रेलियाले फ्रान्ससँगको सम्झौता तोडेर अमेरिका र बेलायतसँग नयाँ सम्झौता गरेपछि तीन देशबीच भएको सम्झौताले आफ्नो देशको अपमान भएको र अर्बौं डलरको सम्झौता तोडिएको भन्दै अस्ट्रेलिया र अमेरिकाका राजदूत फिर्ता बोलाइएको फ्रान्सका विदेशमन्त्री जिन इभसले द्रियानले बताउनुभएको छ ।
तीन देशबीचको यो सम्झौतालाई फ्रान्सले अस्वीकार गर्दै युरोपमा रहेको इन्डो प्यासिफिक क्षेत्रको महत्वलाई कमजोर पार्ने षड्यन्त्रका रुपमा लिएको प्रतिक्रिया दिएको छ । राजदूत फिर्ता बोलाउने फ्रान्सको निर्णयलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले दुःख ब्यक्त गर्दै फ्रान्सको यो कदमले मतभेद झनै बढाउने बताउनुभएको छ ।
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी