वासिङ्टन । अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रण उन्मुख नरहेको सरकारी उच्च अधिकारीहरुले स्पष्ट पारेका छन् ।
अमेरिकी राष्ट्रपतिका मुख्य चिकित्सा सल्लाहकार एन्टोनी फाउचीले महामारी नियन्त्रण उन्मुख भएको भन्न नमिल्ने बताउनु भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने क्रम नरोकिएकाले नियन्त्रण हुन लागेको भन्न नमिल्ने उहाँको भनाइ छ । सबैले कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि मात्रै महामारी नियन्त्रण उन्मुख हुन सक्ने उहाँले बताउनुभयो ।
“हामी अहिले पनि महामारीकै अवस्थामा छौँ, अहिले पनि एक दिनमा एक लाख ६० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन्,” फाउचीले भन्नुभयो । अमेरिकामा कोरोनाभाइरसको महामारी नियन्त्रणको अवस्था पनि अहिले सन्तोषजनक नरहेको उहाँको बुझाइ छ ।
दैनिक सङ्क्रमितहरूको सङ्ख्या दश हजारभन्दा कम भएपछि मात्रै नियन्त्रण उन्मुख रहेको मान्न सकिने वरिष्ठ चिकित्सक फाउचीले बताउनुभयो ।
सेप्टेम्बर ८ सम्ममा अमेरिकामा चार करोड पाँच लाख २३ हजार ९५४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी हालसम्म झण्डै छ लाख ७७ हजारको मृत्यु भइसकेको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम