न्युयोर्क। अमेरिकामा आएको बाढी र आँधीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।
न्यूयोर्कमा आएको बाढीमा सोलुखुम्बु घर भई हाल न्यूयोर्क क्वीन्समा बस्दै आएका आङगेलु शेर्पा, मीङ्मा याङ्जी शेर्पा र लोप्साङ शेर्पाको निधन भएको छ । उनीहरु एकै परिवारको भएको र लोप्साङ १९ महिनाको बालक भएको स्थानीय एभरेष्ट टाइम्स पत्रिकाले जनाएको छ ।
अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा पर्ने न्युयोर्क र न्युजर्सी राज्यमा गत बिहीबार रातभरी बाढी र आँधी आएको थियो । सो घटनालाई धेरैले ऐतिहासिक घटनाको संज्ञा दिएका छन् ।
“म अहिले ५० वर्षको भएँ, यस्तो घटना अहिलेसम्म देखेको थिएन, यति धेरै बर्षा, आँधी र बाढी कहिले पनि आएको थिएन होला,” स्थानीय मेटोडिजा मिहाज्लोभले भन्नुभयो । बाढीका कारण आफ्नो रेष्टुरेन्ट पनि पूरै डुबानमा परेको र धेरै क्षति भएको समेत उहाँले जानकारी दिनुभयो ।
“म त जंगलमा बसिरहेको छु की जस्तो लागेको थियो, विश्वासै गर्न नसकिनेगरी वर्षा र बाढी आएको थियो, त्यसले धेरै कुरामा क्षति गरेको छ,” उहाँले थप्नुभयो । केही बासिन्दाहरू बाढीको चपेटामा परेका कारहरू र भवनहरूका सबैभन्दा मुनिको तलामा फसेका थिए ।
मृत्यु भएका मध्ये अधिकांश पानीको तह बढेपछि आफ्नै सवारीसाधनमा फसेका थिए ।घटनाका बारेमा टिप्पणी गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले यस घटनालाई जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्ने धारणा रख्नुभयो ।
उहाँले जलवायु परिवर्तनलाई न्युनिकरण गर्न नसकेमा यस्तो संकट अरु पनि आइलाग्न सक्ने भन्दै त्यसका लागि पर्याप्त लगाउनी आवश्यक रहेकोमा जोड दिनुभयो ।
अहिले अमेरिकाले देशैभरि जलवायुसम्बन्धी सङ्कट भोगिरहेको र त्यसको सामना गर्नु परिरहेको बताउदै यसलाई उहाँले जीवन वा मरणको सवालको रुपमा उल्लेख गर्नुभयो । समुद्री सतहको तापक्रम बढ्दा त्यसमाथिको हावालाई तताएर तुफान, चक्रवात र समुद्री हुरी उत्पन्न गर्नका लागि शक्ति प्रदान गर्ने भएकाले यस्ता घटना अझ बढ्ने विज्ञहरुले आँकलन गरेका छन् ।
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार