वासिङ्टन डिसी। नेपालमा बालबालिकाका क्षेत्रमा सहयोग गर्न इन्गेज नेपालको आयोजनामा अमेरिकाको भर्जिनियामा दुईदिने चित्रकला प्रदर्शनी सुरु गरिएको छ । भर्जिनियाको रेष्टन आर्ट ग्यालरीमा आजसम्म चल्ने प्रदर्शनीमा नेपालका चित्रकलाको विभिन्न ६० वटा चित्र प्रदर्शनीमा राखिएको छ । नेपालका किरण चित्रकारले तयार पार्नुभएको ती चित्रकलाको प्रदर्शनी तथा बिक्रीसमेत गरिने छ । युगाण्डाका चित्र पनि प्रदर्शनीमा राखिएको छ ।
आयोजक संस्थाका कार्यकारी निर्देशक तथा नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्कट एच डेलेसीका अनुुसार चित्रकलाको बिक्रीबाट आएको रकम पिकु र नेपाल कोरिया फ्रेण्डशीप म्युनिसियल अस्पतालको सहयोगमा निर्मित अस्पतालको बाल उपचार सघन कक्ष निर्माणका लागि सहयोग गरिने छ ।
पूर्वराजदूत डेलिसीको प्रयासमा सन् २०१५ को डिसेम्बरमा स्थापना भएको इन्गेज नेपालले नेपालमा विभिन्न १६ वटा आयोजना सञ्चालनमा ल्याएको छ । अमेरिकामा स्थापित संस्थाले कोरोना महामारीका बेलामा समेत आवश्यक पर्ने स्वास्थ्य सामग्री र उपकरण सहयोग गरेको थियो ।
सन् २०२१ मा संस्थाले दुई लाख ११ हजार डलर बराबरको सहयोग गरिसकेको छ । आफ्नो अवकाश जीवन व्यतित गरिरहनुभएका डेलिसीले नेपाल केन्द्रित भएर सहयोग गर्दै आउनुभएको छ । रासससँग सङ्क्षिप्त प्रतिक्रिया दिँँदै पूर्वराजदूत डेलेसीले भन्नुभयो, “मैले दशकौँ वर्ष राज्यको अङ्गमा बसेर सेवा गरेँ, मेरो जीवनमा नेपाल र नेपाली जनतासँगको सामिप्यताले महत्वपूर्ण भूमिका खेलेको छ । खासगरी नेपालीको हार्दिकता र आत्मीय भावले उनीहरुको साझा चुनौतीलाई हातेमालो गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेका हौँ ।”
नेपाली बालबालिकाका लागि जटिल प्रकृतिको रोग निराकरण गर्न सघन उपचार कक्ष अतिआवश्यक विषय हो । एक तथ्याङ्कअनुसार नेपालमा रहेका करिब ९० लाख बालबालिकाका लागि नेपालभरि जम्मा ९३ वटा सघन उपचार कक्ष रहेको छ ।
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम