अफगान द्वन्द्वमा २२ लाख विस्थापित, ३५ लाख घरबारविहीन

(210822) — KABUL, Aug. 22, 2021 (Xinhua) — Photo taken on Aug. 22, 2021 shows foreign forces at the entering gate of Kabul airport in Kabul, Afghanistan. Seven Afghan civilians were killed amid chaos near the Kabul airport as people swarmed the area in hopes of boarding an evacuation flight following the Taliban takeover of Afghanistan, Britain’s Ministry of Defense said Sunday. (Xinhua/Rahmatullah Alizadah)

काबुल । अफगानिस्तानमा सरकार र तालिवानबीचको द्वन्द्वका कारण लाखौ मानिस विस्थापित भएका छन् । तालिवानको सत्तापलटसँगै पछिल्लो समय त्यहाँबाट विस्थापित हुने मानिसको संख्या झन बढ्दो छ । पछिल्लो एक सातामा हजारौं मानिसले देश छोडेका छन् ।

दुई दशक लामो द्वन्द्वका कारण अहिलेसम्म २२ लाख मानिस विस्थापित भएर छिमेकी मुलुकमा आश्रय लिएका छन् । त्यस्तै, द्वन्द्वकै कारण ३५ लाख मानिस घरबारविहीन बनेका छन् ।

कतिले छाडे देश ? 

पछिल्लो राजनीतिक परिवर्तनपछि कति अफगानीले देश छोडे भन्ने बारेमा अहिलेसम्म प्रष्ट भइसकेको छैन । काबुलबाट स्वदेश फर्किने विदेशी सेनासँगै हवाईमार्गबाट दोस्रो मुलुक पुगेका अफगानीबाहेक स्थलमार्ग हुँदै छिमेकी मुलुकबाट बाहिरनेको संख्या पनि ठूलो छ । तालिवानले सर्वसाधारणलाई मुख्य नाकाबाट अर्को देश जान रोक लगाए पनि लुकेर पाकिस्तान, ताजकिस्तान, इरान, उज्बेकिस्तान, तुर्केमेनिस्तानलगायतका देशमा जानेको संख्या उल्लेख्य छ । ‘ठूलो संख्याका अफगानीहरु लुकिछिपी दोस्रो  मुलुक प्रवेश गरेका छन्,’ राष्ट्रसंघको शरणार्थीसम्बन्धी आयोग युएनएचसीआरका प्रवक्ता भन्छन् ।

तालिवानले काबुल नियन्त्रण लिएपछि हजारौ अफगानी पाकिस्तान पुगेको बताइएको छ । त्यस्तै, पछिल्लो पटक १५ सय अफगानी उज्बेकस्तान पुगेका छन् । उनीहरु त्यहाँका विभिन्न स्थानमा पालमुनि बस्न बाध्य छन् । राजधानी काबुलबाट अहिलेसम्म १८ हजार मनिसले देश छाडेको नेटोका एक अधिकारीले बताएका छन्, तीमध्ये कति अफगानी थिए भन्ने बारेमा प्रष्ट भइसकेको छैन ।

एक वर्षमा साढे पाँच लाख घरबारविहीन
तालिवानले काबुललाई पुनः कब्जा गर्नुअगाडि युद्धका कारण यस वर्ष मात्र साढे पाँच लाख मानिस घर छोड्न बाध्य भएको युएनएचसीआरको तथ्यांकमा उल्लेख छ । अहिले पनि झन्डै ३५ लाख अफगानी आन्तरिक रुपमा विस्थापित छन् । गत वर्षको अन्त्यसम्ममा २२ लाख मानिस छिमेकी मुलुकमा शरण लिइसकेका छन् ।

यस वर्ष अफगानवासीले ठूलो खडेरी सामना गर्नु पर्यो, जसकारण देशका अधिकांश भागमा खानेकुराको अभाव भयो । राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रमले यसै वर्षको जुनमा सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार एक करोड ४० लाख मानिस भोकमरीको चपेटामा छन् ।

कुन देशमा कति अफगान शरणार्थी ?

गत वर्षको एक तथ्यांकअनुसार छिमेकी मुलुक पाकिस्तान र इरानमा ठूलो संख्यामा अफगान शरणार्थी छन् । युएनएचसीआरको तथ्यांकअनुसार सन् २०२० मा झन्डै १५ लाख पाकिस्तानमा छन् भने इरानमा सात लाख ८० हजार छन् । त्यस्तै, जर्मनीमा एक लाख ८० हजार र टर्कीमा एक लाख ३० हजार शरणार्थी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री