एमालेले माधव नेपाललगायतलाई सांसदबाट हटायो

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको छ ।

एमाले केन्द्रीय कमिटीले गरेको सो निर्णय मंगलबार नै संसद् सचिवालयलाई जानकारी गराइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

पदमुक्त गरिएका सांसदमा माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, मेटमणि चौधरी, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन र भवानी खापुङ छन् ।

यसैगरी एमालेले निर्वाचन आयोगमा पार्टीको केन्द्रीय कमिटी अद्यावधिकका लागि पत्र पठाएको छ । यसअघि दुई सय सात सदस्यीय केन्द्रीय कमिटीमा सदस्य थप गरी दुई सय ६० सदस्यीय बनाइएको आयोगलाई जानकारी पठाइएको हो ।

एमालेले पठाएको पत्रमा वरिष्ठ नेता माधवकुमार नेपालसहित उनी पक्षका धेरै नेताको नाम समावेश रहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री