लण्डन । आफूहरुविरुद्ध असमान व्यवहार गरेको भन्दै भूतपूर्व गोर्खा सैनिकहरु शनिबारदेखि लण्डनस्थित बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनशन बसेका छन । आफूहरुविरुद्ध भेदभाव गरिएको भन्दै यसअघि साउन ६ गतेदेखि १७ दिनसम्म उनीहरु रिले अनशनमा बसेका थिए ।
भूतपूर्व गोर्खाहरु ज्ञानराज राई, धनबहादुर गुरुङ तथा गोर्खा एकल महिला पुष्पा राना घले आमरण अनशनमामा बस्नुभएको छ । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले पटक पटक सुनुवाई नभएपछि वाध्य भएर आमरण अनशन बस्नुपरेको बताउनुभयो ।
भूतपूर्व गोर्खा सैनिकले सन् १९९७ भन्दा पहिला ब्रिटिश सेनाबाट अवकाश प्राप्त गोर्खा सैनिकहरूले पेन्सन लगायतका विषयमा आफूहरूलाई भेदभाव गरिएको बताउँदै आएका छन् । भूतपूर्व गोर्खाहरुले १९४७ नोभेम्बर ९ को त्रिपक्षीय सन्धिको भावनाअनुसार समान अधिकार पाउनुपर्छ भन्ने माग राख्दै आएका छन् । नेपाल तथा बेलायत दुवै मुलुकले तत्काल वार्ता समिति गठन गर्नुपर्ने, वार्ताको मिति र स्थान तोक्नुपर्ने माग भूपू गोर्खा सैनिकको रहेको छ । नेपाल सरकार,बेलायती सरकार तथा प्रमुख गोर्खा सङ्गठनका प्रतिनिधिहरू सम्मिलित संयुक्त प्राविधिक समितिले २०१८ मा बुझाएको प्रतिवेदन लागु गरियोस् भन्ने पनि उनीहरूको माग छ ।
नेपालको परराष्ट्र मन्त्रालयले शनिबार नै सत्याग्रह प्रमुख संयोजक राईलाई बेलायत सरकारसंग कूटनीतिक पहललाई निरन्तरता दिइने पत्र लेख्दै अनशन फिर्ता लिइदिन आग्रह गरेको थियो । प्रमुख संयोजक राईले बेलायतबाट आधिकारिक जवाफसहित दुई सरकारबीच वार्ता हुने मिति र उच्चस्तरिय वार्ता समिति गठन गरिएको पत्र पाए आजै आमरण अनशन अन्त्य गरिने बताउनुभयो ।
बेलायतस्थित भूतपूर्व गोर्खा सैनिकहरूका संस्था ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी र गोरखा भूतपूर्व सैनिक सङ्घले दुई देशबीचको कूटनीतिक पहलबाटै समस्याको समाधान खोजिनुपर्ने जनाएको छ । लण्डनस्थित नेपाली राजदूतावासले कुटनीतिक तहबाटै समाधानका लागि प्रयास भैरहेको र यसका लागि आवश्यक पहल भैरहेको जनाएको छ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ