बेइजिङ। चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग दिने भएको छ ।
त्यसैगरी चीनले यसै वर्षको अन्तिमसम्ममा चीनले एक करोड अमेरिकी डलर सहयोग कोभ्याक्स कार्यक्रममा गर्ने पनि बताएको छ । चीनका राष्ट्रपति सि जिनपिङले यो कुरा बताउनुभएको छ । उहाँले यसै वर्षको अन्त्यसम्ममा चीनले विश्वका खाँचो परेका देशहरुलाई कम्तीमा पनि दुई अर्ब डोज खोप दिने बताउनुभएको हो ।
त्यसैगरी राष्ट्रपति जिनपिङले आगामी दिनमा कोभिड विरुद्धको खोपको खाँचो हुने धेरै देश हुने भएकाले ती देशलाई यो खोप उपलब्ध गराउने बताउनुभयो । कोभिड–१९ को अप्रेसन फोरमको बिहीबारको बैठकमा राष्ट्रपति सि जिनपिङले यो सन्देश पठाउनुभएको हो । उहाँले पठाउनुभएको लिखित सन्देशमा सो कुराको जानकारी गराइएको छ ।
राष्ट्रपति सि जिनपिङले कोभ्याक्सअन्तर्गत दिइएको एक करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगबाट किनिएको खोप विश्वका विकासशील देशहरुका लागि उपलब्ध गराइने जानकारी पनि उहाँले दिनुभएको छ । राष्ट्रपति जिनपिङले चीनले कोभिड–१९ का विरुद्धमा विश्व समुदायलाई एकत्रित गर्ने काममा चीनले भूमिका निर्वाह गर्ने पनि जानकारी दिनुभएको छ ।
उहाँले विश्व यो महामारीबाट आक्रान्त भएकाले यसका विरुद्धमा विश्व नै एक भएर लड्नुपर्ने भन्दै चीन महामारी विरुद्ध विश्व समुदायलाई एकै स्थानबाट लड्ने वातावरण सिर्जना गर्ने काममा लागेको पनि बतउनुभएको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा