लण्डन । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्ष पदमा बिकासराज न्यौपाने निर्वाचित भएका छन् ।
नेजाको आइतबार सम्पन्न निर्वाचनमा उनले अध्यक्षका अरु दुई प्रत्याशीहरु गोकुल ढकाल र अनुज थापालाई पछि पार्दै जित हासिल गरेका हुन् ।
अध्यक्षका लागि शुरुमा बिकासराज न्यौपाने, गोकुल ढकाल ,किरण मरहठ्ठा, निदेश अधिकारी ,अनुज थापा तथा विष्णुहरी घिमिरेले उम्मेदवारी दिए पनि तीन जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।
यसैगरी उपाध्यक्षमा मच्छेदेवी गुरुङ, महासचिवमा सुरज भण्डारी, सचिवमा कल्पना घिमिरे, कोषाध्यक्षमा प्रभात भट्टराई तथा सदस्यहरूमा अनिल अधिकारी, बाबुराम दाहाल, संगम बानियाँ र ज्ञान शर्मा निर्विरोध निर्वाचित भएका छन् ।
क्षेत्रीय संयोजकहरूमा शिव नेपाल (पश्चिम), लीलादेवी ओझा (डिसी मेट्रो क्षेत्र), गोकुल श्रेष्ठ (उत्तर पूर्व) तथा सृजन पण्डित (दक्षिण) बाट निर्विरोध निर्वाचित भएका छन् ।
नेजामा १४५ जना पत्रकार सदस्य रहेका भए पनि निर्वाचनमा भने ८१ मत मात्र खसेको थियो । नयाँ कार्यसमिति चयनका लागि आङछिरिङ शेर्पाको संयोजकत्वमा नारायण सापकोटा, भोला आचार्य र शैलेश पोखरेल रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ ।
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
स्कटल्याण्डविरुद्ध नेपालको जित