लण्डन । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्ष पदमा बिकासराज न्यौपाने निर्वाचित भएका छन् ।
नेजाको आइतबार सम्पन्न निर्वाचनमा उनले अध्यक्षका अरु दुई प्रत्याशीहरु गोकुल ढकाल र अनुज थापालाई पछि पार्दै जित हासिल गरेका हुन् ।
अध्यक्षका लागि शुरुमा बिकासराज न्यौपाने, गोकुल ढकाल ,किरण मरहठ्ठा, निदेश अधिकारी ,अनुज थापा तथा विष्णुहरी घिमिरेले उम्मेदवारी दिए पनि तीन जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।
यसैगरी उपाध्यक्षमा मच्छेदेवी गुरुङ, महासचिवमा सुरज भण्डारी, सचिवमा कल्पना घिमिरे, कोषाध्यक्षमा प्रभात भट्टराई तथा सदस्यहरूमा अनिल अधिकारी, बाबुराम दाहाल, संगम बानियाँ र ज्ञान शर्मा निर्विरोध निर्वाचित भएका छन् ।
क्षेत्रीय संयोजकहरूमा शिव नेपाल (पश्चिम), लीलादेवी ओझा (डिसी मेट्रो क्षेत्र), गोकुल श्रेष्ठ (उत्तर पूर्व) तथा सृजन पण्डित (दक्षिण) बाट निर्विरोध निर्वाचित भएका छन् ।
नेजामा १४५ जना पत्रकार सदस्य रहेका भए पनि निर्वाचनमा भने ८१ मत मात्र खसेको थियो । नयाँ कार्यसमिति चयनका लागि आङछिरिङ शेर्पाको संयोजकत्वमा नारायण सापकोटा, भोला आचार्य र शैलेश पोखरेल रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो