सिड्नी। अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स प्रदेश सरकारले महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै सङ्क्रमण पुष्टि भएपछि संकटकाल लगाउने निर्णय गरेको हो ।
प्रदेश सरकारका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने १३६ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या अहिलेसम्मकै धेरै भएको बताइएको छ ।प्रदेश मुख्यमन्त्री ज्लाडीस बेरेजिक्लीयनले प्रदेश भित्रका सवैलाई खोपको व्यवस्थापन गर्न आग्रह गर्नुभएको थियो ।
राजधानी सिड्नीमा एक महिना अगाडिदेखि लकडाउन जारी रहेको छ । लकडाउन हुदाँ हुदै पनि महामारी कम नभएपछि संकटकाल लगाउनु परेको हो ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार