लण्डन । गैरआवासीय नेपाली संघ युकेको नयाँ कार्यसमिति, चारवटा राज्य समन्वय समिति र अन्तर्राष्ट्रिय समन्वय समितिका लागि मनोनयन सम्पन्न भएको छ ।
बेलायत राष्ट्रिय समन्वय समितिको अध्यक्षमा दीपक श्रेष्ठ, रोजिना प्रधान राई र प्रेम गाहामगरको उम्मेदवारी परेको छ भने खुला दुई उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । जसमा वर्तमान उपाध्यक्ष सुनिलबाबु खड्का, वर्तमान कोषाध्यक्ष ईन्जिनियर तेजेन्द्र रोका, पवन शर्मा, गोविन्द खरेल र ओमन गौचन रहेका छन् । उत्तरी आयरल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष एक पदका लागि नारायण कँडेल र नारायण कुँवरको उम्मेदवारी परेको छ भने स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने एक उपाध्यक्षका लागि मोहन कार्की र छविलाल अर्यालको उम्मेदवारी परेको छ । वेल्सबाट प्रतिनिधित्व गर्ने एक उपाध्यक्षका लागि भने रामचन्द्र पोखरेलको मात्र उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी एक जना महिला उपाध्यक्षका लागि प्रसुना कँडेल, सरस्वती केसी र शकुन गुरुङको उम्मेदवारी परेको छ ।
यस्तै महासचिव पदमा जीत रानाभाट, डा मुकुन्द बाँस्तोला र खुशी लिम्बुको उम्मेदवारी परेको छ । खुला दुई सचिव पदका लागि विष्णु चालिसे, ज्ञानेन्द्र आले, डी खराल, विशाल गुरुङको उम्मेदवारी परेको छ भने महिला सचिवका लागि नम्रता घले गुरुङ र कल्पना त्रिपाठीको उम्मेदवारी दर्ता भएको छ । यस्तै कोषाध्यक्षका लागि विष्णु खरेल र धनसरी राईको उम्मेदवारी परेको छ ।
सहकोषाध्यक्ष पदका लागि हेम गुरुङ र सशाङ्क शर्माको उम्मेदवारी परेको छ भने महिला संयोजकका लागि विमला लिम्बु र मणिकला गुरुङ, युवा संयोजकका लागि अनिल मल्ल र चन्दन गुरुङको उम्मेदवारी परेको छ ।
राष्ट्रिय समितिका १२ जना सदस्यका लागि २० जनाको उम्मेदवारी परेको छ । जसमा अमित थेबे, ईश्वर महर्जन, सुशील प्रजापति, सपना खनियाँ, विशाल राई, पदम गोले, दीपक सापकोटा, मोहन ओली, भीमलाल खनाल, गीता भण्डारी, पदम शाही, दीपक ढकाल, सुरेश परियार, उपेन्द्र पौडेल, देउमान इजम, चम्पा थापामगर, भानु घिमिरे, चेतबहादुर रानामगर, बालकृष्ण दाहाल, सुमन शर्मा छन् ।
इङल्याण्ड राज्यसमितिको अध्यक्षमा लालबहादुर गुरुङ र डा मीन रानाभाटको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा भक्त दर्जी र शक्ति घिमिरेको उम्मेदवारी परेको छ । वेल्सको अध्यक्षमा कृष्ण भण्डारी र उपाध्यक्षमा अमृत घलेलगायतको उम्मेदवारी परेको छ ।
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा