काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुभएको छ । अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपाध्यक्ष रावलले अनीतिक राजनीतिक खेलमा सहभागी नहुने जनाउँदै सांसद पदबाट राजीनामा दिएको जानकारी दिनुभएको छ ।
आज सभामुख अग्निप्रसाद सापकोटालाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रमा भनिएको छ, “अनैतिक राजनीति तथा देश र जनता विरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयष्कर हुने भएकाले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु ।”
नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक बन्नुभएका उपाध्यक्ष रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि नै सांसद पदबाट राजीनामा दिनुभएको हो । उहाँले पछिल्लो समयममा प्रतिनिधिसभाको विघटनदेखि पुनस्र्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म उच्च राजनीतिक नेतृत्व तहमा जनताको हितभन्दा निजी स्वार्थ देखिएको आरोपसमेत लगाउनुभएको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने