बर्लिन । पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन ‘नेटो’ सैनिक फिर्ता लिने निर्णय गलत भएको बताउनुभएको छ ।
उहाँले यस गलत निर्णयका कारण तालिवान समूहले निर्दोष नागरिकको थप ‘हत्या’ हुनसक्ने बताउनुभएको छ ।“मेरो जानकारीअनुसार अहिले पनि अफगानी महिला र केटीहरूले अकथनीय हानी भोगिरहेका छन् । उक्त समूहले निर्दोष नागरिकहरूलाई हत्या गर्ने क्रमजारी रहनेछ,’ बुशले जर्मन प्रसारक डचे बेलेलाई भने।
उहाँले भन्नुभयो, “मेरो विचारमा सेना फिर्ता गल्ती थियो ।”
पूर्व रिपब्लिकन राष्ट्रपति बुसले सेप्टेम्बर ११ मा न्यू योर्कको विश्व व्यापार केन्द्रमा आक्रमण गरेपछि २००१ मा अफगानिस्तानमा सेना परिचालन गर्ने निर्णय गर्नुभएको थियो । जर्मन चान्सलर एन्जेला मर्केलले पनि स्ना फिर्ताबारे बुसको जस्तै विचार राख्नुभएको छ ।
अमेरिक राष्ट्रपति जो बाइडेनले यसै बर्षको अगस्ट ३१ सम्ममा सेना फिर्ता प्रक्रियालाई अन्त्य गर्ने घोषणा गर्नुभएको छ ।
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा