लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन कार्यक्रम प्रकाशन भएको छ ।
निर्वाचन समितिको शनिबार सम्पन्न बैठकले पारित गरी सो कार्यक्रम प्रकाशन गरिएको हो ।
निर्वाचन कार्यक्रमअनुसार जुलाई ११ साँझ ५ बजेभित्र एनआरएनए युकेको वेभसाइट www.nrnauk.org मा पहिलो मतदाता नामावली प्रकाशन हुनेछ र सो नामावलीमाथि दाबीविरोधका लागि जुलाई १२ साँझ ५ बजेसम्मको समय दिइएको छ । दाबीबिरोध निर्वाचन समितिको इमेल [email protected] मा पठाउनु पर्नेछ । यसरी आएका दाबीविरोधमाथि छानविन गरी जुलाई १४ साँझ ५ बजेभित्र अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ ।
नयाँ कार्यसमितिमा उम्मेदवार बन्न चाहनेहरुले १५ जुलाईदेखि उम्मेदवारी मनोनयन गर्न सक्नेछन् । मनोनयनको म्याद १६ जुलाई साँझ ५ बजेसम्म तोकिएको छ । उम्मेदवारी मनोनयन एक जना प्रस्तावक र एक जना समर्थकको हस्ताक्षरसहितको मनोनयन फाराम भरेर निर्वाचन समितिको इमेल [email protected] मा पठाउनु पर्नेछ । मनोनयन फारामका साथमा उम्मेदवारी शुल्क एनआरएनए युकेको बैङ्क खाता NRNA UK Welfare A/C No 02158825 Sort Code 40-09-26 HSBC Bank मा जम्मा गर्नुपर्नेछ । उम्मेदवारको प्रथम नामावली प्रकाशन जुलाई १८ साँझ ५ बजे एनआरएनए युकेको वेभसाइटमा गरिनेछ ।
उम्मेदवारको नामावलीमाथि दाबीविरोध गर्नका लागि जुलाई १९ दिउँसो १ बजेसम्मको समय दिइएको छ । दाबीविरोध इमेलमार्फत गर्नपर्नेछ । यसरी परेका दाबी विरोधमाथि छानबिन गरी जुलाई २० साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरनेछ । मतदान जुलाई ३१ बिहान ००.०० बजेदेखि राति २३.५९ बजेसम्म अनलाइनबाट गर्न सकिनेछ । मतपरिणाम र घोषणा सभा अगष्ट १ तारिखका दिन भर्चुअलरुपमा हुने बताइएको छ ।
राष्ट्रिय समन्वय समितिको अध्यक्ष पदमा उम्मेदवार हुनका लागि १ हजार ५०० पाउण्ड, उपाध्यक्ष र महासचिव पदका लागि ११०० पाउण्ड, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकका लागि ८५० पाउण्ड तोकिएको छ भने सदस्यहरुका लागि ४५० पाउण्ड ।
राष्ट्रिय समन्वय समितिको अध्यक्ष हुन एक कार्यकाल काम गरिसकेको हुनुपर्नेछ । यस्तै राजनीतिक, जातिय, धार्मिक संस्थाको कार्यकारी पदमा रहेका व्यक्तिले राष्ट्रिय समन्वय समितिको कुनै पनि पदमा उम्मेदवारी दिन पाउने छैनन् ।
वेल्स, स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र इङल्याण्ड राज्यबाट राष्ट्रिय समन्वय समितको उपाध्यक्ष निर्वाचित हुन सम्बन्धित राज्यमा एक वर्ष बसोबास गरेको हुनुपर्नेछ ।
बेलायतभित्रका चारवटै राज्यपरिषदका विभिन्न पदहरु अध्यक्ष पदका लागि ४५० पाउण्ड, उपाध्यक्ष पदका लागि ३०० पाउण्ड, सचिव र कोषाध्यक्ष पदका लागि २०० पाउण्ड, सहकोषाध्यक्ष र सहसचिव पदका लागि १५० पाउण्ड तथा सदस्य पदका लागि १०० पाउण्ड उम्मेदवारी शुल्क कायम गरिएको छ ।
यस्तै अन्तर्राष्ट्रिय समन्वय समितिका लागि उम्मेदवार बन्न चाहनेले १ हजार ५०० पाउण्ड उम्मेदवारी शुल्क तिर्नपर्नेछ भने महाधिवेसन प्रतिनिधि बन्न चाहनेले ४० पाउण्ड । तर महाधवेसन प्रतिनिधिका लागि कसरी निर्वाचन हुन्छ भन्ने बारेमा भने निर्वाचन समितिको सूचनामा कुनै उल्लेख छैन ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने