क्यानबेरा। अष्ट्रेलियाका प्रधानमन्त्रीले यहाँ कोरोना विरुद्धको खोपको मात्रा बढाउने बताउनुभएको छ । प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार सो कुराको घोषणा गर्नुभएको हो । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाकामा आगामी सेप्टेम्बर महिनामा कोरोना भाइरसको खोप फाइजर खोप आउन लागेको र त्यो खोप अगष्ट महिनाबाट दिइने बताउनुभयो ।
उहाँले आगामी सेप्टेम्बर महिनामा ४५ लाख मात्रा खोप आउने लागेको र त्यसलाई अगष्ट महिनादेखि नागरिकलाई वितरण गरिने भएको पनि बताउनुभएको समाचारमा जनाइएको छ । उहाँले यही जुलाई महिनाको १९ तारिखदेखि अष्ट्रेलियामा हरेक हप्ता नै कम्तीमा पनि दश लाख खोप ल्याइने पनि बताउनुभयो ।
सो खोप नागरिकहरुलाई सकेसम्म चाँडै वितरणको व्यवस्था मिलाइएको पनि बताउनुभएको छ । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलिया ब्रोडकास्टिङ कर्पाेरेसनलाई दिनुभएको अन्तर्वार्तामा सो कुरा बताउनुभएको छ । उहाँले यो वर्षको अन्त्यसम्ममा अष्ट्रेलियाका प्रत्येक नागरिकलाई कम्तीमा पनि एक मात्रा खोप दिइसक्ने तयारी गरेको बताउनुभयो ।
जुन महिनामा अष्ट्रेलियाया सरकारले कोरोना भाइरसका विरुद्धमा लड्नका लागि आवश्यक धेरै तयारी गरेको जानकारी पनि गराउनुभएको छ ।उहाँले दिनुभएको शुक्रबारसम्मको तथ्याङ्कअनुसार अष्ट्रेलियाका १६ वर्षमाथिका कम्तीमा पनि १० प्रतिशत नागरिकले खोप लिइसकेका छन् । अष्ट्रेलियाको सरकारले कोरोना भाइरसविरुद्धको खोप दिने कामलाई प्राथमिकतामा राखेको छ ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी