
मुन दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रय विमानस्थलमा आफ्ना समर्थकहरुलाई अभिभादन गर्दै । फाइल तस्विर । तस्विरः एपी
बेइजिङ। संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताउनुभएको छ । उहाँले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकोले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले अहिले यो खोपको उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुले अहिलेको प्रयासलाई थप दोब्बर बनाउनुपर्नेमा जोड दिनुभएको हो । एक भिडियो कन्फ्रेन्समा बोल्दै उहाँले भन्नुभयो– यो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता हुनु जरुरी छ ।
उहाँले अहिले जलवायु परिवर्तनको चपेटामा पनि मानिसहरु परिररहेका प्रसंग उल्लेख गर्दै जलवायु परिवर्तनले मानिसहरुको विस्तारै अर्थात नजानिँदो रुपले ज्यान लिइरहेको छ र यो कोरोना भाइरसले चाँडो चाँडो ज्यान लिएको छ भन्नुभयो ।
यी दुवै समस्याका विरुद्धमा विश्व एक भएर लड्नुपर्नेमा पनि उहाँले सो कन्फ्रेन्समा जोड दिनुभएको थियो ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी