लण्डन । गैरआवासीय नेपाली संघ, बेलायतले सदस्यता पेन्डिङमा रहेका आवेदकहरुलाई जुन ३० तारिखभित्र आवश्यक कागजात बुझाउन सूचना जारी गरेको छ ।
संघले आज एक विज्ञप्ति जारी गर्दै संघको पन्जिकृत सदस्यताको लागि समयसीमाभित्र सदस्यताको लागि आवेदन दिएका तर सदस्यताको लागि आवश्यक कागजात, फोटो इत्यादि पूर्णरुपमा उपलब्ध नगराईएका आवेदनहरुलाई अन्तिमपटक सो सूचना जारी गरिएको बताएको छ । करिब १०० को संख्यामा रहेका ती आवेदकहरुलाई आवश्यक कागजात अपलोड गर्न पटकपटक ईमेल तथा अन्य माध्यमबाट सम्पर्क गर्दा पनि सम्पर्कमा नआएकाले सूचना जारी गर्नुपरेको संघले जनाएको छ । साे समयावधिभित्र कागजातहरु उपलब्ध नगराईएमा ती आवेदकहरुको सदस्यता अयोग्य हुने पनि बताइएको छ ।
कागजातहरु अपलोड गर्नको लागि कुनै प्राविधिक कठिनाई भएमा एनआरएनए यूकेका पदाधिकारी तथा भेरिफिकेशन टिमका सदस्यहरुलाई सम्पर्क गर्नु र मोबाईल ‘आप’ बाट कागजात अपलोड गर्दा प्राविधिक कारणले ‘एप्रुभल’ नोटिफिकेशन नदेखिएकोले ल्यापटप तथा डेस्कटप प्रयोग गर्न पनि संघले अनुरोध गरेको छ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ