लण्डन । गैरआवासीय नेपाली संघ, बेलायतले सदस्यता पेन्डिङमा रहेका आवेदकहरुलाई जुन ३० तारिखभित्र आवश्यक कागजात बुझाउन सूचना जारी गरेको छ ।
संघले आज एक विज्ञप्ति जारी गर्दै संघको पन्जिकृत सदस्यताको लागि समयसीमाभित्र सदस्यताको लागि आवेदन दिएका तर सदस्यताको लागि आवश्यक कागजात, फोटो इत्यादि पूर्णरुपमा उपलब्ध नगराईएका आवेदनहरुलाई अन्तिमपटक सो सूचना जारी गरिएको बताएको छ । करिब १०० को संख्यामा रहेका ती आवेदकहरुलाई आवश्यक कागजात अपलोड गर्न पटकपटक ईमेल तथा अन्य माध्यमबाट सम्पर्क गर्दा पनि सम्पर्कमा नआएकाले सूचना जारी गर्नुपरेको संघले जनाएको छ । साे समयावधिभित्र कागजातहरु उपलब्ध नगराईएमा ती आवेदकहरुको सदस्यता अयोग्य हुने पनि बताइएको छ ।
कागजातहरु अपलोड गर्नको लागि कुनै प्राविधिक कठिनाई भएमा एनआरएनए यूकेका पदाधिकारी तथा भेरिफिकेशन टिमका सदस्यहरुलाई सम्पर्क गर्नु र मोबाईल ‘आप’ बाट कागजात अपलोड गर्दा प्राविधिक कारणले ‘एप्रुभल’ नोटिफिकेशन नदेखिएकोले ल्यापटप तथा डेस्कटप प्रयोग गर्न पनि संघले अनुरोध गरेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’