बेइजिङ । चीनले आफ्नो राजनीतिक प्रणालीलाई अझ परिस्कृत र विशिष्ट पहिचान सहितको बनाउन श्वेतपत्र सार्वजनिक गरेको छ ।
चीनको राज्य परिषदले शुक्रबार “चीनको राजनीतिक दलसम्बन्धी प्रणालीः सहयोग र परामर्श” नामको श्वेतपत्र सार्वजनिक गरेको हो ।
श्वेतपत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा बहुदलीय सहयोग र राजनीतिक परामर्श प्रणालीलाई थप मजबूत बनाइने तथा यसलाई चीनको राजनीतिक संरचनाको आधारभूत तथ्यका रुपमा अंगीकार गरिने उल्लेख छ ।
यस प्रणालीमा चिनियाँ कम्युनिष्ट पार्टीका अलावा देशमा अरु आठ वटा राजनीतिक दल रहने छन् जसमा रिभोल्युसनरी कमिटी अफ चिनियाँ कुमिनताङ, चाइना डेमोक्रेटिक लिग, चाइना नेसनल डेमोक्रेटिक कन्स्ट्रक्सन एसोसिएसन, चाइना एसोसिएसन फर प्रमोटिङ डेमोक्रेसी, चाइनिज पिजेन्ट्स एन्ड वर्कर्स डेमोक्रेटिक पार्टी, चाइना झी गोङ पार्टी, जिसान सोसाइटी र ताइवान डेमोक्रेटिक सेल्फ–गभर्मेन्ट लिग रहेका छन् ।
सिपिसीले यस प्रणाली मातहत कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेका विशिष्ट व्यक्तिलाई पनि समेट्ने छ ।
श्वेतपत्रमा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) ले राज्यशक्तिको परिचालन गर्ने र अन्य दलहरुले सिपिसीको नेतृत्वमा बहुदलीय सहकार्यको प्रणाली निर्माण गर्ने उल्लेख छ ।
चिनियाँ शैलीको नयाँ मोडेलको संज्ञा दिइएको पछिल्लो व्यवस्था अपनाउने सिलसिलामा अन्य मुलुकको सिकाई र उनीहरुका राजनीतिक प्रणालीका उपलब्धिलाई आत्मसात गरिएको श्वेतपत्रमा उल्लेख छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन