लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बुधबारदेखि सन्चालन हुने रेलको शुभारम्भ पुनका छोराछोरीले आज लण्डनको प्याडिङटन स्टेशनमा गरेका छन् ।
बुधबार बिहान ग्रेट वेस्टर्न रेलवेले आयोजना गरेको नामाकरण समारोहमा पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले सो सेवाको शुभारम्भ गरेका हुन् ।
सो समारोहमा अभिनेत्री जोअना लुम्लेले आफू ६ वर्षको हुँदा पुनको फोटो देखेको बताउँदै भेट भने आफ्नो पिता बितेको ९ वर्षपछि मात्र भएको बताइन् । भेटमा पुनले आफूलाई पिताको बारेमा सोधेको र उनी बितेको बताएपछि ‘अबदेखि तिमी मेरी छोरी भयौ’ भनेको स्मरण गरिन् । गोरखा न्यायिक अभियानमा तुलबहादुर पुनको नाम इतिहासमा अङ्कित भइसकेको बताउँदै उनले रेलको नाम पुनको नाममा गरिँदा पुनलाई दिनदिन सम्झिइने विश्वास व्यक्त गरिन् ।
गोरखा ब्रिगेड एसोसिएसनका अध्यक्ष डेभिड बिलले गोरखाहरुसित काम गर्दा खुशी लागेको बताए । उनले पुनको नाममा रेल सेवा सन्चालन गर्ने निर्णय गरेकोमा ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिए । उनले नेपालमा रहेका गोरखा र उनका परिवारहरु कोभिड १९ बाट जोखिममा रहेको भन्दै नेपाललाई खोप उपलब्ध गराउन बेलायती प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराए ।
ग्रेट वेस्टर्न रेलवे सेवाकी मानव संशाधन निर्देशक रुथ बस्बीले ग्रेट वेस्टर्न रेलवेले समुदायको पहिचान, स्वामीत्व र सहयोगका लागि लामो समयदेखि रेलको नाम विभिन्न व्यक्तिका नाममा गरिरहेको बताइन् । दोस्रो विश्वयुद्ध समाप्तिको ७५ वर्षको अवसरमा गत वर्ष नै यो कार्यक्रम गर्न खोजिएको भए पनि कोभिड १९ महामारीका एकवर्ष पछि सार्नुपरेको बताइन् ।
सो अवसरमा गोरखा म्यूजिमका निर्देशक डा ड्यारेन बोयरले पुनका बारेमा लण्डन गजेटमा छापिएको व्यहोरा वाचन गरेका थिए ।
पुनको परिवारका तर्फबाट गोर्खा ब्रिगेड एसोसिएसनका सचिव मणि राईले ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिए ।
पुनकी श्रीमती भने अहिले नेपालमा भएका कारण कार्यक्रममा सहभागी हुन सकिनन् ।
कार्यक्रममा पूर्व गोरखाहरुको पनि उपस्थिति थियो ।
भिसी पुनको नाम कुँदिएको रेल आजैदेखि लण्डन प्याडिङटन-ब्रिस्टोल सेवामा सन्चालन हुने बताइएको छ ।
पुनले दोस्रो विश्वयुद्धमा बर्माको लडाइँमा सन् १९४४ जुन २३ मा भिक्टोरिया क्रस पाएका थिए ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार