लण्डन । बेलायत सरकारलाई गोरखा भूतपूर्व सैनिकहरुको समस्याका लागि अबिलम्व वार्तामा बस्न आग्रह गर्दै गोरखा भूतपूर्व सैनिकहरुले लण्डनमा र्यालीको आयोजना गरेका छन् ।
यसबारेमा गोरखाहरुको प्रतिनिधि मण्डलले लण्डनस्थित प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्रसमेत बुझाएको गोरखा सत्याग्रहका निर्देशक ज्ञानराज राईले जानकारी दिए । उनले बेलायत सरकारले जुलाई १ भित्रमा गोरखाहरुलाई वार्तामा नबोलाए जुलाई १ बाट जुलाई १३ सम्म रिले अनसन गरिने र त्यसपछि तीन जना गोरखाहरु आमरण अनसनमा बस्ने चेतावनी दिए ।
करिब २०० भूतपूर्व गोरखाहरु, उनीहरुलाई ऐक्यवद्धयता जनाउन आएका शिख समुदाय तथा अन्य समेतको पाइपर र ड्रमसहितको र्याली बेलायती संसद भवन बाहिर कोण सभामा परिणत भएको थियो । कोणसभालाई गोरखा सत्याग्रहका संयोजक कृष्णबहादुर राई, युके नेपाल फ्रेण्डसिप सोसाइटीका प्रमुख कार्यकारी अधिकृत अलान मार्सल स्यांका, गोरखा सत्याग्रहका निर्देशक ज्ञानराज राई, सन्तोष थलङ, बेलायती पूर्व सैनिकहरु र शिख समुदायका प्रतिनिधि लगायतले बोलेका थिए ।
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतद्वारा युक्रेनलाई सहयोग घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट