लण्डन । बेलायत सरकारलाई गोरखा भूतपूर्व सैनिकहरुको समस्याका लागि अबिलम्व वार्तामा बस्न आग्रह गर्दै गोरखा भूतपूर्व सैनिकहरुले लण्डनमा र्यालीको आयोजना गरेका छन् ।
यसबारेमा गोरखाहरुको प्रतिनिधि मण्डलले लण्डनस्थित प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्रसमेत बुझाएको गोरखा सत्याग्रहका निर्देशक ज्ञानराज राईले जानकारी दिए । उनले बेलायत सरकारले जुलाई १ भित्रमा गोरखाहरुलाई वार्तामा नबोलाए जुलाई १ बाट जुलाई १३ सम्म रिले अनसन गरिने र त्यसपछि तीन जना गोरखाहरु आमरण अनसनमा बस्ने चेतावनी दिए ।
करिब २०० भूतपूर्व गोरखाहरु, उनीहरुलाई ऐक्यवद्धयता जनाउन आएका शिख समुदाय तथा अन्य समेतको पाइपर र ड्रमसहितको र्याली बेलायती संसद भवन बाहिर कोण सभामा परिणत भएको थियो । कोणसभालाई गोरखा सत्याग्रहका संयोजक कृष्णबहादुर राई, युके नेपाल फ्रेण्डसिप सोसाइटीका प्रमुख कार्यकारी अधिकृत अलान मार्सल स्यांका, गोरखा सत्याग्रहका निर्देशक ज्ञानराज राई, सन्तोष थलङ, बेलायती पूर्व सैनिकहरु र शिख समुदायका प्रतिनिधि लगायतले बोलेका थिए ।
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
यसरी मनायो थारु कल्याणकारी सभा यूकेले माघी पर्व
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु