ब्रसेल्स। युरोपेली युनियनका नेताहरुले यसै वर्षको अन्त्यसम्ममा विश्वका आर्थिक रुपमा कमजोर राष्ट्रहरुलाई कोभिड–१९ विरुद्धको १० करोड डोज खोप उपलब्ध गराउन सहमत भएका छन् । युरोपमा खोपको उपलब्धता निरन्तर बृद्धि भएको जनाउँदै युनियनले यस्तो निर्णय गरेको हो ।
ब्रसेल्समा आयोजित दुई दिने शिखर सम्मेलनमा सहभागी २७ राष्ट्रका सरकार एवं राष्ट्र प्रमुखहरुले विश्वमा देखिएको कोभिड–१९ विरुद्धको खोपको मागलाई सम्बोधन गर्न खोपको उत्पादन क्षमता वृद्धि गर्ने एउटा सम्झौतामा पनि सहमति जनाएका छन् ।
नेताहरुले कोभिड–१९ को खोपको समतामूलक वितरण गर्नेतर्फ पनि आवश्यक गृहकार्य गर्न आह्वान गरेका छन् । उहाँहरुले राष्ट्रसंघ मातहतको कोभाक्स कार्यक्रमलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ । कोभाक्समार्फत न्यून एवं मध्यम आय भएका मुलुकहरुमा समतामूलक रुपमा कोभिड–१९ को खोप उपलब्ध गराउने योजना छ ।
तर विश्वकै ठूलो खोप उत्पादक कम्पनी भारतको सेरम इन्स्टिच्यूटले भारतमा कोभिड–१९ संक्रमण तिब्र रुपमा फैलिएको जनाउँदै यस वर्षको अन्त्यसम्ममा खोप निर्यात गर्न नसक्ने गत साता घोषणा गरेपछि कोभाक्सको कार्यक्रममा असर परेको थियो ।
संयुक्तराज्य अमेरिका, बेलायत र इजरायलमा ठूलो संख्यामा खोप दिइए पनि अन्य युरोपेली मुलुकमा खोप लगाउनेक्रम ज्यादै सुस्त भएको भन्दै आलोचना भए पनि अहिले युनियनमा आबद्ध मुलुकमा खोप लगाउने कार्यमा व्यापक प्रगति भएको छ ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लायनले आगामी मे महिनाभित्रै युरोपेली मुलुकमा ३० करोड डोज खोप उपलब्ध हुने जानकारी गराउनु भएको थियो । यस खोपबाट युनियनमा आबद्ध मुलुकका करिब ४५ करोड जनसंख्यामध्ये करिब ४६ प्रतिशतलाई कम्तीमा एक डोज खोप दिन पुग्नेछ ।
पश्चिमा मुलुकमा खोप अभियान तिब्र गतिमा अगाडि बढे पनि कमजोर मुलुकहरुमा खोपको उपलब्धता ज्यादै न्यून छ । गत साता रोममा आयोजित स्वास्थ्य सम्मेलनमा इटालीका प्रधानमन्त्री मारियो ड्रागीले विश्वका १८० मुलुकमा करिब डेढ अर्ब डोज खोप दिइएको जानकारी गराउनु भएको थियो । उक्त खोपमध्ये न्यून आय भएका मुलुकमा ०.३ प्रतिशत खोप दिइएको छ जबकी विकसित मुलुकमा झण्डै ८५ प्रतिशतलाई खोप दिइएको छ ।
कमजोर राष्ट्रहरुलाई खोप अनुदानमा दिइनुका साथै युरोपेली नेताहरुले स्थानीय स्तरमै खोप उत्पादन गर्नेतर्फ प्रोत्साहन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
तर युरोपेली युनियनले कुन खोप कमजोर राष्ट्रहरुलाई उपलब्ध गराउन लागेको हो भन्ने बारेमा केही खुलाइएको छैन । युरोपेली युनियनले हालसम्म फाइजर, मोडर्ना, अस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सन खोपलाई युरोपेली मुलुकका लागि अनुमति दिएको छ ।
संयुक्त राज्य अमेरिकाले यसै महिनाको शुरुमा अस्ट्राजेनिका खोप आठ करोड डोज कमजोर मुलुकहरुलाई प्रदान गर्ने घोषणा गरेको थियो ।
 पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप