
लोकप्रिय गायक राजेश पायल राइको स्वर रहेको गीत ‘आधा लैजाऊ तिमी माया आधा लिन्छु मैले’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा तारा लिम्बुको शब्द रहेको छ भने कम्पोज तथा एरेन्ज सबिन लिम्बुको रहेको छ । गीतको भिडियोमा अमित सुब्बा र क्रीन्चा राइको अभिनय देख्न सकिन्छ भने परिकल्पना स्वयम् गीतकार तारा लिम्बु र कालुसिङ थाम्सुहाङको रहेको छ । उक्त भिडियोको छायांकन बेलायतका रमणीय स्थानहरुमा गरिएको हो । सार्वजनिक भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन तथा सम्पादन रहेको छ । आफ्नी प्रेमीकासँग विशेष समय बिताइरहेका प्रेमीले आधा लैजाऊ तिमी माया आधा लिन्छु मैले भन्दै रोमान्टिक अवतारमा अमित सुब्बा र क्रिन्चा राईको सशक्त अभिनय देख्न सकिन्छ । प्रेमीले आफ्नी मायालुसँग वैँशालु उमेरमा रमाइलो पल बिताउँदै सजाएको मन मन्दिर दिँदै दिल दिने कुरालाई करिब ३ दर्जन भिडियोको निर्देशन गरिसकेका निर्देशक कुशल श्रेष्ठले भिडियो कैद गरेका छन् । साडे ५ मिनेटको भिडियो फिल्मी शैलीमा तयार पारिएको हुँदा दर्शकले रुचाउने निर्मात्री तथा गीतकार तारा लिम्बुले बताइन् ।
साहित्यको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी गीतकार ताराले आगामी दिनमा पििन यस्तै शृजनालाई निरन्तरता दिने बताइन् । भनिन् काम गर्दै जाँदा नयाँ प्रयोग गर्न मन लाग्दो रहेछ र समयको बेगसँगै फरक शृजनाको जन्म हुँदो रहेछ । सार्वजनिक भिडियोमा कोरियोग्राफी तथा मेकअप दिपिका श्रेष्ठको रहेको छ । जसमा रगं संयोजन नवीन निरौलाको रहेको छ । भिडियो सबिन लिम्बुको युट्यूव च्यानलमा हेर्न सकिन्छ । हेर्नुहोस् भिडियो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता