
लोकप्रिय गायक राजेश पायल राइको स्वर रहेको गीत ‘आधा लैजाऊ तिमी माया आधा लिन्छु मैले’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा तारा लिम्बुको शब्द रहेको छ भने कम्पोज तथा एरेन्ज सबिन लिम्बुको रहेको छ । गीतको भिडियोमा अमित सुब्बा र क्रीन्चा राइको अभिनय देख्न सकिन्छ भने परिकल्पना स्वयम् गीतकार तारा लिम्बु र कालुसिङ थाम्सुहाङको रहेको छ । उक्त भिडियोको छायांकन बेलायतका रमणीय स्थानहरुमा गरिएको हो । सार्वजनिक भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन तथा सम्पादन रहेको छ । आफ्नी प्रेमीकासँग विशेष समय बिताइरहेका प्रेमीले आधा लैजाऊ तिमी माया आधा लिन्छु मैले भन्दै रोमान्टिक अवतारमा अमित सुब्बा र क्रिन्चा राईको सशक्त अभिनय देख्न सकिन्छ । प्रेमीले आफ्नी मायालुसँग वैँशालु उमेरमा रमाइलो पल बिताउँदै सजाएको मन मन्दिर दिँदै दिल दिने कुरालाई करिब ३ दर्जन भिडियोको निर्देशन गरिसकेका निर्देशक कुशल श्रेष्ठले भिडियो कैद गरेका छन् । साडे ५ मिनेटको भिडियो फिल्मी शैलीमा तयार पारिएको हुँदा दर्शकले रुचाउने निर्मात्री तथा गीतकार तारा लिम्बुले बताइन् ।
साहित्यको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी गीतकार ताराले आगामी दिनमा पििन यस्तै शृजनालाई निरन्तरता दिने बताइन् । भनिन् काम गर्दै जाँदा नयाँ प्रयोग गर्न मन लाग्दो रहेछ र समयको बेगसँगै फरक शृजनाको जन्म हुँदो रहेछ । सार्वजनिक भिडियोमा कोरियोग्राफी तथा मेकअप दिपिका श्रेष्ठको रहेको छ । जसमा रगं संयोजन नवीन निरौलाको रहेको छ । भिडियो सबिन लिम्बुको युट्यूव च्यानलमा हेर्न सकिन्छ । हेर्नुहोस् भिडियो
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा