लन्डन । एनआरएनए यूके निर्वाचन नजिकिंदै गर्दा अध्यक्षका प्रत्यासीहरु यतिखेर सदस्यता विस्तारमा जुट्न थालेका छन ।
एनआरएनए यूके अध्यक्षकी प्रत्यासी एवं वर्तमान उपाध्यक्ष रोजिनाप्रधान राईले बेलायतमा ’डेडिकेटेड स्टाफ’ सहित तीनवटा अफिस नै खोलेर मेम्बरसीप ड्राइभमा लागेकी हुन । उनले सदस्यता ड्राइभलाई उच्च प्राथमिकता दिएकी छन् ।
नेपालीहरु उल्लेख्य रहेको र भोट बैंक ठानिने क्षेत्र अल्डरसटको एम्पायर हल र श्री लक्की ज्वेलरी एवं पिटरबरोस्थित न्यू रोडमा हेल्प डेस्कमार्फत सदस्यता विस्तारमा आफू केन्द्रित रहेको रोजिनाले बताइन् ।
एनआरएनए यूके अध्यक्ष प्रत्यासीमा सशक्त र जनमानसबाट राम्रो साथ समर्थन पाएकी रोजिनाले आफ्ना सम्पर्क कार्यालयबाट सदस्यता व्यवस्थापनसहित प्रचार प्रसार र अन्य कामहरु भइरहेको बताइन् ।
’कुनै पनि संस्था सञ्चालन र यसको प्रभावकारिताका लागि सदस्य संख्या नै प्रमुख मेरुदण्ड मानिन्छ । यसपटक एमआइएस सिस्टमबाट सदस्यता लिनुपर्ने भएकाले हामी यसतर्फ बढी व्यस्त छौं’, उनले भनिन् । विशेष गरि ज्येष्ठ नागरिकहरु एमआइएस सिस्टमबारे बेखबर भएकाले चुनौतिपूर्ण भएकोले यस सम्पर्क कार्यालयाबाट सदस्य बनाउन सहजिकरण गर्ने पनि उनले बताइन् ।
एनआरएनए आइसीसीले सबै राष्ट्रिय समन्वय समितिलाई अनिवार्य रुपमा एमआइएस प्रविधि अंगाल्न निर्देशन दिएपछि एनआरएनए यूकेले पहिलोपटक अनलाइन सदस्यता वितरण शुरु गरेको हो । यसको समयसीमा आउंदो १० जुनसम्म छ ।
रोजिनाले पछिल्लो समय बेलायतस्थित प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधिहरुसंग प्रत्यक्ष भेट गरि आफूलाई सहयोग गरिदिन आग्रह गरिरहेकी छन् । अग्रजहरुको प्रेरणाले आफू आशावादी भएको बताउंदै उनले अब पछाडि हट्ने सम्भावना नरहेको दाबी गरिन ।
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा विदेशबाट पनि मतदान गर्न मिल्ने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’