गायिका पारु राई एक दशक पछि पुन: आफ्नो सांगीतिक कोसेली “तिम्रो तृष्णा” बोलको गीत लिएर दर्शक सामु आएकी छिन् । एक दशक अघि “प्यास” नामक गिती एल्बमबाट सांगितिक यात्रा तय गरेकी राईले “तिम्रो तृष्णा” बोलकोे गीत लिएर दर्शक सामु पुन: आएकी हुन् ।
राईलाई भ्वाईस अफ नेपालका फाईनलिष्ट बिकाश लिम्बुले साथ दिएका छन् । पछिल्लो समय बिकाश सम्भावना बोकेका गायकको रुपमा परिचित छन् । गीतको शब्द रचना गायिका स्वयंको हो भने संगीत वरिष्ठ गायक तथा संगीतकार तारा प्रकाश लिम्बुले भरेका छन् । यूके-नेपालका विभिन्न ठाउँको छायांकन गरिएको यस भिडियोमा छांयाकन, सम्पादन एवं निर्देशन कुशल श्रेष्ठले गरेका छन् ।नेपालतर्फ छांयाकन एवं निर्देशन सुरज तामाङले गरेका छन् ।
करिब डेढ दशक यता ब्रिटिश गोर्खा सेनामा सेवारत मण्डल थेवे, पारु राई, बिकाश लिम्बु र बृक्षा लिम्बुले यस गीतमा अभिनय गरेका छन् साथै मेकअप बिपना गुरुङ, सह–छांयाकन आशिष श्रेष्ठ र रंग संयोजन नविन निरौलाको रहेको छ । नेपाल छँदै संगीतको आधारभुत शिक्षा लिई सकेकी गायिका आफ्नो पारिवारिक जिम्मेवारीको कारण आफ्नो सांगीतिक यात्रालाई औपचारिक रुपमा निरन्तरता दिन नसके पनि बिगत तीन वर्ष यता दि लण्डन कलेज अफ म्युजिक अन्तर्गत क्लासिकल पियानो सम्बन्धि कक्षा लिई रहेकी छिन् ।
‘प्रवासमा रहेर आफुलाई मन पर्ने पेशा अङगाल्न सोचे जस्तो सहज छैन तथापि ब्रिटिश आर्मीमा कार्यरत श्रीमान दिलिप राईको साथ र सहयोगले सांगीतिक क्षेत्रमा निरन्तर लाग्न अझ धेरै प्रेरित गरेको छ,’ उनले बताइन् । नेपाल पाँचथरमा जन्मिएकी पारु राई करिब ९ वर्ष देखि स–परिवार बेलायत बस्दै आएकी छिन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने