गायिका पारु राई एक दशक पछि पुन: आफ्नो सांगीतिक कोसेली “तिम्रो तृष्णा” बोलको गीत लिएर दर्शक सामु आएकी छिन् । एक दशक अघि “प्यास” नामक गिती एल्बमबाट सांगितिक यात्रा तय गरेकी राईले “तिम्रो तृष्णा” बोलकोे गीत लिएर दर्शक सामु पुन: आएकी हुन् ।
राईलाई भ्वाईस अफ नेपालका फाईनलिष्ट बिकाश लिम्बुले साथ दिएका छन् । पछिल्लो समय बिकाश सम्भावना बोकेका गायकको रुपमा परिचित छन् । गीतको शब्द रचना गायिका स्वयंको हो भने संगीत वरिष्ठ गायक तथा संगीतकार तारा प्रकाश लिम्बुले भरेका छन् । यूके-नेपालका विभिन्न ठाउँको छायांकन गरिएको यस भिडियोमा छांयाकन, सम्पादन एवं निर्देशन कुशल श्रेष्ठले गरेका छन् ।नेपालतर्फ छांयाकन एवं निर्देशन सुरज तामाङले गरेका छन् ।
करिब डेढ दशक यता ब्रिटिश गोर्खा सेनामा सेवारत मण्डल थेवे, पारु राई, बिकाश लिम्बु र बृक्षा लिम्बुले यस गीतमा अभिनय गरेका छन् साथै मेकअप बिपना गुरुङ, सह–छांयाकन आशिष श्रेष्ठ र रंग संयोजन नविन निरौलाको रहेको छ । नेपाल छँदै संगीतको आधारभुत शिक्षा लिई सकेकी गायिका आफ्नो पारिवारिक जिम्मेवारीको कारण आफ्नो सांगीतिक यात्रालाई औपचारिक रुपमा निरन्तरता दिन नसके पनि बिगत तीन वर्ष यता दि लण्डन कलेज अफ म्युजिक अन्तर्गत क्लासिकल पियानो सम्बन्धि कक्षा लिई रहेकी छिन् ।
‘प्रवासमा रहेर आफुलाई मन पर्ने पेशा अङगाल्न सोचे जस्तो सहज छैन तथापि ब्रिटिश आर्मीमा कार्यरत श्रीमान दिलिप राईको साथ र सहयोगले सांगीतिक क्षेत्रमा निरन्तर लाग्न अझ धेरै प्रेरित गरेको छ,’ उनले बताइन् । नेपाल पाँचथरमा जन्मिएकी पारु राई करिब ९ वर्ष देखि स–परिवार बेलायत बस्दै आएकी छिन् ।
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक