
लन्डन । बेलायतको राजधानी लण्डनभित्रको स्थानीय काउन्सिलमा नेपाली मूलका पूर्व गोरखा सैनिक मेयरमा निर्वाचित भएका छन् ।
पश्चिम लण्डनमा रहेको हाउन्स्लो बरो काउन्सिलको मेयरमा विष्णुबहादुर गुरुङ निर्वाचित भएका हुन् ।
गोरखा सौरपानी फुन्चोक पुर्ख्यौली घर भएका गुरुङ सो काउन्सिलमा दोस्रोपटक काउन्सिलरका रुपमा कार्यरत रहँदै आएका छन् भने उनले यसअघि सोही काउन्सिलको उपमेयरको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन् । उनी लेबोर पार्टीबाट निर्वाचित काउन्सिलर हुन् ।
उनको कार्यकाल एक वर्षको हुनेछ ।
बेलायतमा लण्डन, म्यानचेष्टर, लिभरपुल, ब्रिष्टोल लगायतका मुख्य शहरहरुमा मेयर शक्तिशाली हुन्छन् भने अन्य स्थानीय काउन्सिलहरुमा मेयरको जिम्मेवारी ‘सेरेमोनियल’ रहने गर्दछ ।
बेलायतमा यसअघि नेपाली मूलका शंकर गैरे र डा जगन्नाथ शर्मा स्थानीय काउन्सिलको मेयरमा निर्वाचित भएका थिए । तर लण्डनभित्रको बरो काउन्सिलहरुमा भने पहिलोपटक नेपाली मूलका मेयर बनेका छन् ।
लण्डनभित्रकै अर्को बरो बार्नेटमा पनि नेपाली मूलका पूर्व गोरखा सैनिक लक्ष्यबहादुर गुरुङ उपमेयर छन् ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ