लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ कार्यसमितिको निर्वाचन जुलाई ३१ मा हुने भएको छ ।
शुक्रबार साँझ सुरु भएर शनिवार विहानसम्म चलेको कार्यसमितिको भर्चुअल पूर्ण बैठकले नवौं कार्यसमितिको निर्वाचन जुलाई ३१ लाई तय गरेको एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले जानकारी दिएका हुन ।
अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले निर्वाचन समितिको प्रमुख आयुक्तमा पूर्व अध्यक्ष महेन्द्र कंडेललाई सर्वसम्मतिले ल्याएको छ । निर्वाचन समितिमा सदस्य पछि थप गर्ने सहमति भएको छ । नयाँ सदस्यता आवेदन गर्ने सदस्यहरुको सदस्यता प्रमाणिकरणको जिम्मा अध्यक्ष पुनम गुरुङ, महासचिव भट्टराई र कोषाध्यक्ष तेजेन्द्र रोका मगरलाई दिने निर्णय पनि गरेको छ । यसअघि अध्यक्ष गुरुङले मात्रै गर्दै आएकोमा चार उपाध्यक्षहरुले युरोप संयोजक गुहारेका थिए ।
गत अप्रिल १ देखि जुन १० सम्मको समयसीमा दिएर एमआइएस प्रणालीबाट पञ्जीकृत सदस्यता आवेदन आव्हान गरिसकेको छ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ