लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ कार्यसमितिको निर्वाचन जुलाई ३१ मा हुने भएको छ ।
शुक्रबार साँझ सुरु भएर शनिवार विहानसम्म चलेको कार्यसमितिको भर्चुअल पूर्ण बैठकले नवौं कार्यसमितिको निर्वाचन जुलाई ३१ लाई तय गरेको एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले जानकारी दिएका हुन ।
अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले निर्वाचन समितिको प्रमुख आयुक्तमा पूर्व अध्यक्ष महेन्द्र कंडेललाई सर्वसम्मतिले ल्याएको छ । निर्वाचन समितिमा सदस्य पछि थप गर्ने सहमति भएको छ । नयाँ सदस्यता आवेदन गर्ने सदस्यहरुको सदस्यता प्रमाणिकरणको जिम्मा अध्यक्ष पुनम गुरुङ, महासचिव भट्टराई र कोषाध्यक्ष तेजेन्द्र रोका मगरलाई दिने निर्णय पनि गरेको छ । यसअघि अध्यक्ष गुरुङले मात्रै गर्दै आएकोमा चार उपाध्यक्षहरुले युरोप संयोजक गुहारेका थिए ।
गत अप्रिल १ देखि जुन १० सम्मको समयसीमा दिएर एमआइएस प्रणालीबाट पञ्जीकृत सदस्यता आवेदन आव्हान गरिसकेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा