मस्को । कोरोनाभाइरसको दोस्रो छालसँग लडिरहेको भारतलाई रूसी प्रत्यक्ष लगानी कोष (आरडीआइएफ) ले भारतमा कोभिड–१९ विरूद्धको खोप स्पुत्निक–भी मे महिनाको १ गतेसम्म पुग्ने बताएको छ । यसका लागि भारत सरकार र रूसबीच यस पहिले नै सम्झौता भइसकेको छ ।
आरडीआईएफका कार्यकारी अधिकृत किरिल दिमित्रीभका अनुसार कम्पनीले खोपलाई सकेसम्म छिटो भारत पुर्याउने गरी तयारी भएको छ ।
दिमित्रीभले सोमबार सीएनएनसँगको अन्तर्वार्तामा भन्नुभयो, “स्पुत्निकको पहिलो मात्रा खोप मे १ सम्म नयाँ दिल्ली पुग्नेछ साथै भारत स्पुतनिक–भी का प्रमुख उत्पादकहरूमध्ये एक हुनेछ । भारतीय चिकित्सकहरूले खोपको छिटो पहुँच होस् भन्ने चाहेका पनि उहाँले बताउनुभयो ।
“स्पुतनिक खोपको राम्रो अध्ययन र धेरै राम्रो ‘ब्याकअप’ छ, त्यसैले म आशा गर्छु कि हामीसँग यो खोप पनि यथासक्दो चाँडो आउनेछ,” रूसी समाचार संस्था तासले नयाँ दिल्लीको सुपर स्पेशलिटी अस्पतालका वरिष्ठ चिकित्सक संदीपनेयरलाई उद्धृत गरी लेखेको छ ।
हाल भारतले एस्ट्राजेनेका र युनिभर्सिटी अफ अक्सफोर्डले बनाएको कोभिशिल्ड र भारतको बायोटेकले बनाएको कोभ्याक्सिन गरी कोरोना भाईरसका दुई खोपलाई प्रयोग गरिरहेको छ ।
रूसले स्पुत्निक भीलाई विश्वको सबैभन्दा पहिले मान्यताप्राप्त कोरोनाभाइरस खोपका रूपमा दर्ता गरेको थियो र यसलाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै आएको छ । यो खोप विश्वभरिका विभिन्न ६० देशहरूमा आपतकालिन प्रयोगको लागि अनुमोदित भएको छ ।
द ल्यान्सेटमा प्रकाशित परीक्षणको एक अन्तरिम विश्लेषणका अनुसार खोपको ९१.६ प्रतिशत प्रभावकारिता छ ।
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
नेपाली कांग्रेसका दुई महामन्त्री थापा र शर्मालगायतमाथि कारबाही
चलचित्र वितरक रोहित कसरी ‘मिरमिरे’मा लगानीकर्ता बन्नुभयो ?
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ