लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका चार उपाध्यक्षले नयाँ सदस्यता प्रमाणीकरणको अधिकार वर्तमान अध्यक्षले एकल रुपमा प्रयोग गरेकाले निष्पक्ष निर्वाचन प्रक्रिया माथि प्रश्न उठाउदै क्षेत्रीय संयोजक गुहारेका छन् । गत १ अप्रिलबाट एनआरएनए युकेले नयाँ सदस्यताका लागि आवेदन आव्हान गरेपछि निष्पक्ष रुपमा काम नगरी सदस्यता प्रमाणीकरण गर्ने अधिकार अध्यक्ष पुनम गुरुङले एक्लै प्रयोग गर्नुले निर्वाचनको निष्पक्षता माथि प्रश्नउठाउदै युरोप क्षेत्रीय संयोजक गुहारेका हुन् ।
एनआरएनए युरोप क्षेत्रीय संयोजक नारायण आचार्यलाई गत १७ अप्रिलमा लेखेको पत्रमा ‘संघको मेम्वरसिप इन्फरमेसन सिस्टम (एमआइएस) ले सदस्यहरुका ब्यक्तिगत विवरणहरुको सुरक्षा लगायतका विषयमा विश्वस्त हुन खोज्दा अपेक्षा विपरित यो सिस्टमको एकपक्षीय रुपमा दुरुपयोग गरिएको, र एकलौटी रुपमा आफुखुसी सदस्यता प्रमाणीकरण गरिरहेको पाइएकोले हामी थप गम्भीर भएका छौं,’ भनिएको छ ।
चार उपाध्यक्षहरु प्रेम गाहामगर, रामचन्द्र पोखरेल, मोहन कार्की र नारायण कंडेलले संयुक्त हस्ताक्षर गरि पठाएको पत्रमा भनिएको छ, एनआरएनए युके निक्कै विवादास्पद रुपमा अगाडी बढेको, कुनै पनि विषयमा फरक मत राख्नेहरुलाई संघका क्रियाकलापबाट पूर्णतया बाहिर राखी एकांगी रुपमा संचालीत भैरहेको सन्दर्भमा सदस्यता प्रमाणीकरण लगायतका विषयमा भैरहको एकलौटी कृयाकलापले आगामी निर्वाचनलाई अस्वस्थ बनाउने र अप्रजातान्त्रिक तरिकाले आफ्नो नियन्त्रण भित्र राख्ने अभ्यास शुरु भएको देखिएको छ ।
आर्थिक अनियमिततामा मुछिएको एनआरएनए युकेमा चार उपाध्यक्षहरु कानुनी लडाईमा छन् । आगामी नेतृत्वका लागि बलिया दावेदार मानिएका उपाध्यक्षहरुलाई संस्थापन पक्षले विधान अनुसारको अधिकार प्रयोग गर्न नदिएको अवस्थामा उनीहरुले यस्ता विवादास्पद, गैर जिम्मेवार र एकपक्षीय कार्य तुरुन्त बन्द गरी सदस्यता प्रमाणीकरण लगायत निर्वाचन सम्बन्धि अन्य विषयमा स्वतन्त्र र विवादरहित संयन्त्र निर्माणको वातावरण निर्माण गरिदिन क्षेत्रीय संयोजक आचार्यलाई पत्राचार गरेका छन् ।
सदस्यता प्रमाणीकरण लगायतका विषयमा चारै उपाध्यक्षहरुले आफ्नो सहभागिता खोजेको पत्रमा उल्लेख छ । ‘निष्पक्ष, स्वतन्त्र र विवादरहित संयन्त्र निर्माण गर्न पहल गरिदिनु हुन अनुरोध छ । अन्यथा यस्ता अवैधानिक, असामाजिक तथा अवान्छित गतिविधि रोक्न कानूनी लगायत हरसम्भव उपाय अपनाउन हामी वाध्य हुने व्यहोरा पनि अनुरोध गर्दछौं,’ पत्रमा भनिएको छ ।
यसैवीच, युरोप क्षेत्रीय संयोजक आचार्यले सदस्यता प्रमाणिकरणका लागि उपाध्यक्षहरुलाई पनि साथमा लिएर अघि बढन आफुले सुझाव दिएको बताए । ‘मैले संस्था भित्रका विवाद मिलाएर सबैलाई समेटेर अघि बढन एनआरएनए युके अध्यक्ष पुनम गुरुङलाई अनुरोध गरेर पत्र पठाएको छु । केही दिनभित्र समस्या समाधान हुन्छ भन्नेमा म ढुक्क छु’, उनले वीनेपाली सँग भने ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने