मिनियापोलिस । संयुक्तराज्य अमेरिकाको मिनियापोलिसका पूर्व प्रहरी अधिकृत डेरेक चौभिनलाई अफ्रिकी–अमेरिकी मूलका अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा अदालतले दोषी ठहर गरेको छ ।
झण्डै तीन सातादेखि अदालतमा चलिरहेको बहसलाई विश्वका सबैजसो प्रमुख समाचारमाध्यमले प्रमुखताका साथ प्रकाशन प्रशारण गरेका थिए । डेरेकले अश्वेत नागरिक फ्लोएडलाई पक्राउ गरेपछि भुइँमा लडाएर घुँडाले घाँटी थिचेपछि फ्लोएडको मृत्यु भएको थियो ।
मिनियापोलिसको अदालतले उक्त फैसला सुनाएलगत्तै अदालत बाहिर भेला भएका फ्लोएडका ठूलो संख्याका समर्थकले खुशी साटासाट गरेका थिए ।
जमानतमा रिहा भएका चौभिनलाई फैसला सुनाउनुअघि हत्कडी लगाएर अदालतमा उपस्थित गराइएको थियो । हेन्नेपिन काउन्टीका न्यायाधीश पिटर केहिलले फैसलाको पाठ सुनाउँदै उक्त फैसला सर्वसम्मत रहेको बताउनु भएको थियो । अदालतको जुरीमा सात जना महिला र पाँच जना पुरुष रहेका थिए ।
अदालतको आदेशमा गम्भीर अपराध गरेको भन्दै चौभिनलाई ४० वर्ष जेल सजाय हुने उल्लेख छ । मिनियापोलिस प्रहरीमा १९ वर्ष बिताएका चौभिनले फ्लोएडलाई नौ मिनेटभन्दा बढी घाँटीमा घुँडाले थिचेको भिडियो सार्वजनिक भएको थियो जसमा फ्लोएडले पटकपटक “म सास फेर्न सकिरहेको छैन” भन्ने सुनिएको थियो ।
४६ वर्षीय फ्लोएडको मे २५, २०२० का दिन मृत्यु भएको थियो । फ्लोएडमाथि एउटा पसलमा २० डलरको नक्कली नोट दिएको आरोप छ । तर उक्त घटनालाई जातीय अन्याय र प्रहरीको क्रुरताको रुपमा व्याख्या गर्दै अमेरिका र विश्वका अन्य कतिपय मुलुकमा विरोध प्रदर्शन भएका थिए ।
फैसला आउनुअघि अमेरिकी शहरहरुमा हिंसा भड्किने खतरा भन्दै सुरक्षा सतर्कता व्यापक बनाइएको थियो ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल