पोल्याण्ड/प्रवासी नेपाली मञ्च पोल्याण्डले गैरआवासीय नेपाली संघ पोल्याण्डको पंञ्जीकृत सदस्यता शुल्क घटाउन माग गरेको छ। प्रवासी नेपाली मञ्च पोल्याण्डका महासचिव मिनबहादुर पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा संघले तोकेको पंञ्जीकृत सदस्यता शुल्क १००(एक सय)ज्लोती तोकेकोमा गम्भीर आपत्ति रहेको जनाएको छ।
विज्ञप्तिमा अन्य यूरोपको तुलनामा पोल्याण्डको पंञ्जीकृत सदस्यता शुल्क ४ गुणा तोकिनु संघको गैरजिम्मेवारपूर्ण काम हो, सदस्यता शुल्क सम्भव भए निशुल्क नभए पनि अति न्यून शुल्क पुननिर्धारण गरियोस् भन्दै यसका लागि पोल्याण्डमा क्रियाशील सम्पूर्ण संघ संस्था तथा सरोकारवाला पक्षहरूलाई ऐक्यबद्धता जनाइदिन भनिएको छ। सदस्यता शुल्कमा पुनर्विचार हुन्छ:एनआरएनए एनआरएनए पोल्याण्डका महासचिव कविन्द्र सुवेदी पंञ्जीकृत सदस्यता शुल्कको बिषयमा भन्छन् “बिगतका बर्षहरुमा पनि सदस्यता शुल्क १०० ज्लोती नै राखिएकोले अहिले पनि सोही शुल्क कायम गरिएको हो।
अहिलेको महामारीको बेलामा शुल्क बढी पनि भयो होला र अन्य देशको भन्दा केही बढी पनि भयो होला । एनआरएनए पोल्यान्डको चाहाना सके सम्म पोल्याण्डमा रहेका सम्पुर्ण नेपाली लाई संस्थामा जोड्ने हाम्रो प्रयास छ तसर्थ शुल्कको बिषयलाई यथासम्भव छिट्टै पुनर्बिचार गर्नेछौँ यसकोलागि मेरो ब्यक्तिगत अग्रसरता रहनेछ ।” अन्य देशमा कति छ सदस्यता शुल्क? एनआरएनए अस्ट्रियाका अध्यक्ष बिनोद चम्लागाई भन्छन् ” हाम्रो एनआरएनए अस्ट्रियाको अघिल्लो वर्ष पंञ्जीकृत सदस्यता शुल्क १० युरो थियो तर यो पटक ५ युरो छ । हाम्रो त सदस्यता निशुल्क बनाउने अभियान हो तर केन्द्रको विधि अनुसार ५ युरो सदस्यता शुल्क पठाउनु पर्ने भएकोले मात्र हामीले सो शुल्क लिएका हौं।एनआरएनए स्पेनका उपाध्यक्ष उत्तर राई एनआरएनए स्पेनले नविकरण र नयाॅ पंञ्जीकृत सदस्यता शुल्क १० युरो तोकिएको बताए।
यसैगरि सबैभन्दा बढी पंजीकृत सदस्यता भएको एनआरएनए युकेले १० पाउण्ड शुल्क निर्धारण गरेको छ।
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ