अमेरिका (जीएनएन) – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाको चुनाव तोकिएकै समयमा हुने एक पदाधिकारीले जनाएका छन्।
एनआरएन केन्द्रले चुनाव पर सर्न दबाब दिएको भन्ने समाचार आईरहेका बेला एक पदाधिकारीले त्यस्तो बताएका हुन् ।
जीएनएनसंग कुरा गर्दै एनसीसी अमेरिकाका ती पदाधिकारीले केन्द्रको पत्रको आफुहरुले लिखित जवाफ दिइसकेको बताए।
“निर्वाचन आयोगले पूर्व निर्धारित तालिका अनुसार कार्यक्रम अगाडी बढाएको छ। चुनाव पर सार्नुपर्ने कुनै कारण देखिंदैन,” उनले भने।
यस अघि एनआरएन केन्द्रले एनसीसी अमेरिकालाइ केन्द्रले तयार गरेको सदस्य सूचना प्रणाली (एमआइएस) मा अनिवार्य रुपमा दर्ता गर्न दवाब दिएको थियो। तर सुनिल साह नेतृत्वको कार्य समितिले अमेरिकी कानून अनुसार त्यो सम्भव नहुने बताउंदै आफ्नै डेटाबेसमा सदस्यहरुको सूचना संकलन गरिरहेको छ।
जवर्जस्ती चुनाव गराउन खोजेको भन्दै एनआरएनए अमेरिकाकी महिला संयोजक उमा कार्की थापा, आईसीसीका सदस्यहरु प्रमोद सिटौला, होम गौतम, डा विष्णुमाया परियार, लगायतले एनआरएनए अन्तर्राष्ट्रिय समितिसमक्ष निर्वाचन प्रक्रिया तत्काल रोक्न माग गरेका थिए।
त्यस पछि केन्द्रिय अध्यक्ष कुमार पन्त तथा आईसीसीका उपाध्यक्ष सोनाम लामाले एक संयुक्त पत्र लेखेका थिए। तर एनसीसी अमेरिकाको लिखित जवाफ पछि मे अन्तिम मै चुनाव गराउने गरि अघि बढ्ने वातावरण तयार भै रहेको एक उच्च सूत्रले जानकारी दिएको छ ।
अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले ३ अप्रिल २०२१ मा २०२१-२३ को निर्वाचन कार्य तालिका प्रकाशन गरेको छ। सार्वजनिक गरिएको सूचना अनुसार निर्वाचन मे २९-३० मा हुनेछ। निर्वाचनको नतिजा भने मे ३१ मा प्रकाशित गरिने छ। निर्वाचन आयोगले संघको राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय समन्वय परिषदको चालु बिधानको ब्यबस्था अनुरुप निर्वाचन संबन्धि कार्य तालिका प्रकाशन गरेको हो।
निर्वाचन संबन्धि थप जानकारी हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस:
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप