लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको २०२१-२०२३ को निर्वाचनमा अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष प्रेम गाहामगरले उम्मेदबारी दिने भएका छन । दुई कार्यकाल उपाध्यक्षका भूमिका निर्वाह गरिसकेका गाहामगर अध्यक्ष पदका बलिया दावेदार हुन् ।एनआरएनए युकेको अध्यक्षको उम्मेदबारको रुपमा हेरिएका आइसीसी सदस्य दयानिधि सापकोटा, उपाध्यक्षहरु रामचन्द्र पोखरेल, मोहन कार्की तथा नारायण कंडेलले गाहा मगरलाई नै अध्यक्षको उम्मेदबारको रुपमा प्रस्ताव गरेका छन्। त्यस्तै यस अघिको चुनाबका लोकप्रिय उम्मेदबार शेर बहादुर सुनारले पनि समर्थन गरेकाले गाहा मगर बलियो उम्मेदवारको रुपमा अगाडी आएका हुन्। एनआरएनए युके अन्तर्गत इङ्गल्याण्ड राज्य परिषदका उपाध्यक्ष एल बी जेड गुरुङले पनि गाहा मगरलाई समर्थन गरेका छन्।एनआरएनए युकेलाई आर्थिक रुपमा स्वच्छ र पारदर्शी बनाउन कार्यसमिति भित्र लडिरहेका गाहामगरले नयाँ सदस्यता आवेदनका लागि बेलायतबासी नेपालीलाई आव्हान गरेका छन । सामाजिक संजालदेखि इमेल, टेलिफोन र मोबाइल म्यासेज गरेर संस्थाको सदस्य बनि आफ्नो एजेण्डालाई सहयोग गर्न उनले आग्रह गरिरहेका छन, सदस्यता ड्राइभ गरि रहकै छन् । बेलायतभर सदस्यता एकै पटक ड्राइभ गर्ने विभिन्न ठाउँमा स्वयंसेवक साथीहरु पनि खटाइसकेको उनले बताए ।गुल्मी जिल्लामा जन्मेका गाहामगर बर्षाैदेखि सुल्झन नसकेको भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न यतिबेला लागि परेका छन् । एनआरएनए युके गोर्खा विभागको प्रमुख संयोजक समेत रहेका गाहा मगरले गत महिनामात्रै बेलायतस्थित प्रमुख गोर्खा संघसंस्थाहरुलाई एकै ठाउँमा बोलाएर छलफल तथा अन्तरक्रिया गराए । ति निष्कर्षहरुलाई बेलायतस्थित नेपाली दुतावास मार्फत नेपाल सरकारलाई र ब्रिटिश प्रधानमंत्री बोरिस जोनसनलाई पठाई सकेका छन् । “पद मा रहुँ वा नरहूँ , न्याय र समानताका लागि हाम्रा भेटरानहरुले गएको तीन दशकदेखि राख्दै आउनु भएका मागहरु पुरा नभए सम्म मैले विश्राम लिने छैन,” उनले भने ।नेपालमा राष्ट्रिय बक्सिङ खेलाडी रहीसकेका गाहामगरले सन् १९९६ मा ब्रिटिश गोर्खामा प्रवेश गरेका थिए । त्यस लगत्तै सन् १९९७ मा उनले ब्रिटिश सेनाको तर्फ़बाट विभिन्न मुलुकमा भएका बक्सिङ्ग प्रतियोगितामा भाग लिएका थिए। सामाजिक सेवामा सधैं दत्तचित्त गाहा मगरले एनआरएनएमा पहिलो पटक उपाध्यक्ष हुँदा (२०१७-१९) बक्सिङ्ग शो सहित च्यारिटी डिनर, नेपालका अपांग दाजुभाई दिदी बहिनीहरुको सहयोगार्थ कार्यक्रम तथा भ्वाइस अफ नेपाल कन्सर्ट सफलतापूर्वक सम्पन्न गरे । गत वर्ष कोरोना संक्रमणबाट भूतपूर्व गोर्खा परिवारलाई जोगाउन उनले मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री समेत निशुल्क वितरण गरेका थिए ।
एनआरएनए युकेमा नयाँ सदस्यता ड्राइभ गरिरहेका उपाध्यक्ष गाहामगरले छिट्टै भर्चुएल रुपमा पत्रकार सम्मेलन गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने योजना बनाएको बताए ।
“बेलायतको गोर्खा समुदाय लगायत सबै जात, जाति र समुदायको हित सुरक्षित गर्नुक साथै नेपाली समुदायलाई सशक्त र एकजुट बनाउनु मेरो एक मात्र लक्ष्य हो,” उनले भने।
बेलायतमा ईष्ट लन्डन महिला कम्युनिटीले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनायो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]