नयाँदिल्ली । भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी शुृरु भएयता एक दिनमा २ लाख १७ हजार भन्दा बढी संङ्क्रमित हुनु बिहीबार पहिलो पटक भएको समाचारमा जनाइएको छ । यसअघि बुधबार एक दिनमा २ लाख भन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए ।
कोरोना सङ्क्रमणबाट बिहीबार एकैदिनमा एक हजार १८५ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७४ हजार नाघेको छ ।पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुदै आएका थिए भने, बुधबार र बिहीबार २ लाख भन्दा बढी सङ्क्रमित भएका हुन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।
भारतमा हाल १५ लाख ६९ हजार ७४३ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म ११ करोड ७२ लाख २३ हजार भन्दा बढी व्यक्तिहरु खोप लगाइसकेका छन् ।
विगत केही दिनहरुमा कोभिड १९ को सङ्क्रमण उच्च रहेको छ । सङ्क्रमण बढ्दै गएपछि विद्यालयहरुले परीक्षा रद्द र स्थगित गर्दै आएको छ ।भारतको पश्चिम बंगालमा बाँकी रहेको चार चरणमा मतदान के गर्ने भन्ने विषयमा निर्वाचन आयोगको सहभागीतामा शुक्रवार एउटा महत्वपूर्ण बैठक बस्ने जनाइएको छ ।
राष्ट्रिय राजधानी दिल्ली एक सावधानी उपायको रुपमा एक साताको कर्फ्यु शुक्रवार रातिबाट शुरु भएको छ ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप