बेइजिङ । चीनको अर्थतन्त्र यस वर्षको पहिलो त्रैमासिक अवधिमा तिब्र गतिमा वृद्धि भएको शुक्रबार सार्वजनिक सरकारी तथ्याँकले देखाएको छ । कोरोनाभाइरस महामारीका कारण केही शिथिल देखिएको अर्थतन्त्रमा यस वर्ष तिब्र विकास भएको हो ।
चीनले विगत तीन दशकयतादेखि देशको अर्थतन्त्रको त्रैमासिक विवरण तयार गर्न थालेको थियो । यस वर्ष पहिलो त्रैमासमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) १८.३ प्रतिशतले वृद्धि भएको चिनियाँ सरकारी अधिकारीहरुले बताएका छन् ।
यद्यपी, एएफपीले अर्थशास्त्रीबीच गरेको सर्भेको तुलनामा यो वृद्धि केही कम हो ।
सन् २०१९ को अन्त्यतिर कोरोना महामारी चीनको उहानबाट फैलिए पनि सरकारले अपनाएको कडा नियन्त्रण उपाय र आम सर्वसाधारण पनि घरमै बसिदिएकाले चीनमा कोभिड चाँडै नियन्त्रणमा आएको थियो ।
राष्ट्रिय तथ्याँक ब्यूरोकी प्रवक्ता लिउ आइहुवाले शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रिय अर्थतन्त्र राम्रो ढङ्गबाट अगाडि बढिरहेको प्रतिक्रिया दिनुभयो ।
अघिल्लो वर्षको तुलनामा जिडिपीमा तिब्र वृद्धि देखिनुमा एउटा कारण अघिल्लो वर्ष जिडिपीमा न्यून वृद्धि पनि हो, उहाँले भन्नुभयो ।
गत मार्च महिनामा खुद्रा बिक्रीमा निकै बढी वृद्धि भएको छ । चिनियाँ अर्थतन्त्रको आधार स्तम्भको रुपमा रहेको उपभोक्ता क्षेत्रमा राम्रो प्रगति भएको तथ्याँकले देखाएको छ ।
औद्योगिक उत्पादन त्रैमासिक अवधिमा अनुमान गरिएभन्दा केही कम अर्थात् २४.५ प्रतिशतले वृद्धि भएको छ । केही दिनअघि मात्र सार्वजनिक विवरणमा चीनको आयातभन्दा निर्यात मार्च महिनामा निकै बढेको देखाइएको थियो ।
प्रवक्ता लिउले अन्तर्राष्ट्रिय परिदृश्य अझै पनि अनिश्चितताले घेरिएको बताउनुभयो ।
विश्वका विभिन्न मुलुकमा कोरोनाभाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिए पनि खोपको वितरण असन्तुलित रहेको र धेरैजसो मुलुकमा भाइरस फैलिनेक्रम बढेसँगै लकडाउन र अन्य सुरक्षात्मक उपाय अपाउन थालिएका छन् ।
चीनमा शहरी बेरोजगारी दर पनि केही घटेको छ । पहिलो त्रैमासिक अवधिमा शहरी बेरोजगारी ५.३ प्रतिशतको हाराहारीमा रहेको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त