लण्डन । गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्टले आध्यात्मिक जागरणको नयाँ जीवन सुरु गरेका छन् ।
ओशो तपोवन नागार्जुन काठमाडौंमा तीन दिने आवासीय शिविर सम्पन्न गरेपछि स्वामी आनन्द अरुणले भट्टलाई दीक्षा दिएका छन् । उनलाई ‘स्वामी आनन्ददेव’ को रुपमा ओशो सन्यासीको नामाकरण गरिएको छ ।
ध्यान साधनाको नयाँ जीवन शुरु गरेका ओशो सन्यासी पुरुषहरुलाई स्वामी र महिलाहरुलाई माँ भनेर सम्बोधन गर्ने गरिन्छ ।
भट्टले योग र ध्यानको प्रयोगबाट आफूलाई रुपान्तरण गर्ने प्रयास केही समय अघिबाट गरेको र अब दीक्षित भएर त्यस मार्गलाई अझ फराकिलो बनाउने प्रयास गरेको बताएका छन् । आफूले विभिन्न कोणबाट जीवनको गहिरो अनुभव संगालिसकेको र अतृप्त चाहना धेरै नभएकोले सन्यासको यात्रा सहज हुने विश्वाश गरेको उनले थपे । रोमान्टिक स्वभावका भट्ट ”हँसिबा खेलिबा धरिबा ध्यानम” ( हाँस्दै खेल्दै ध्यानमा उत्रिनुस ) को कबीर वाणीको धरातलीय यथार्थ ओशोको ध्यान बिधिमा रहेकोले आफूलाई ओशो सन्यासी बन्न प्रेरणा मिलेको बताउँछन् ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो