लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले धार्मिक पूजापाठ गर्दै नयाँ वर्ष अर्थात् विक्रम सम्बत् २०७८ साललाई स्वागत गर्ने भएको छ । आउँदो बुधबार दिउँसो २ बजे विक्रम सम्वत २०७८ लाई बौद्ध परम्परामा अत्यन्त महत्व राख्ने आयू पूजाको आयोजना गरी स्वागत गर्न लागिएको हो ।
विश्वभर छरिएर रहेको प्रत्येक मानव जातिको सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायूको कामनासहित गुम्बा परिसरभित्र उक्त आयू पूजासहित दीप प्रज्ज्वलन गर्न लागिएको बीसीसी युकेले जनाएको छ ।
करीब २ घण्टासम्म संचालन हुने उक्त पूजामा भर्चुअल (जुम) रुपमा सहभागी हुन चाहने, दीप प्रज्ज्वलन गर्न चाहने र गुरु दक्षिणा प्रदान गर्न चाहने व्यक्तिले बीसीसीका पदाधिकारी तथा सदस्य वा कार्यालयमा सम्पर्क गर्न बीसीसी युकेले अनुरोध गरेको छ ।
स्मरण रहोस्, आफ्नो भाषा, कला, धर्म र संस्कारको संरक्षण तथा सम्वर्धन गर्दै बौद्ध शिक्षा तथा दर्शनलाई फैलाउने उद्देश्य अनुरुप स्थापना भएको बीसीसी युकेले थुप्रै च्यारिटीमूलक कार्यहरु गर्दै आएको छ । साथै, उक्त पूजाबाट बचत भएको रकम समेत च्यारिटीमूलक कार्यमा खर्च गरिने बीसीसी युकेले जनाएको छ
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा विदेशबाट पनि मतदान गर्न मिल्ने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी