
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)युके भित्र एमआइएस सिस्टममा आवेदन दिएका नयाँ सदस्यहरुको सदस्यता स्वीकृत गर्ने अधिकार वर्तमान अध्यक्ष पुनम गुरुङ एक्लै राखेपछि विवाद सिर्जना भएको छ । गत महिना भएको एनआरएनए काउन्सिल बैठकमा आफैले गरेको प्रतिवद्धता विपरीत अध्यक्ष गुरुङले एकलौटी गरेपछि नयाँ सदस्यता आवेदन स्वीकृतको बिषयलाई लिएर विवाद सुरु भएको हो ।
एनआरएनए युके अध्यक्ष गुरुङले नयाँ आवेदन गर्ने व्यक्तिका सदस्यता स्वीकृत गर्ने कार्य गर्दै आएकी छिन । एनआरएनए युके महासचिव फडिन्द्र भट्टराईले एमआइएस सिस्टम अन्तर्गत आउने आवेदनको चेकजाँच गर्ने र स्वीकृत गर्ने काम अध्यक्ष गुरुङले एक्लै गरेको जानकारी दिए ।
यसअघि, एनआरएनए युके काउन्सिल बैठकमा अध्यक्ष गुरुङले एनआरएनए युके र राज्य समन्वय परिषद्बाट संयुक्त रुपमा टिम बनाएर कम्तिमा सात जनाले सदस्यता चेक जाँच गरि स्वीकृत गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन । तर, लामो समय कार्यसमितिको पुर्ण बैठक समेत नराखि अधिकारको दुरुपयोग भएको भन्दै केही उपाध्यक्षहरु, राज्य समन्वय परिषदका पदाधिकारीहरु र सदस्यहरुले उनको कदमको विरोध गरेका छन । उनीहरुले आफ्नो पक्षलाई भोट नदिने व्यक्तिहरुको सदस्यता होल्ड गरेको आरोप समेत लगाएका छन । समुहमा लामो बिवाद भएपछि महासचिब भट्टराईलाई बैठक बोलाउन समेत भनिएको एनआरएनए युके स्रोतले जनायो ।
‘एनआरएनए युके अध्यक्ष गुरुङले कार्यसमितिको बैठक समेत नराखि जवर्जस्ति शक्ति हातमा लिएकोमा एनआरएनए युके कार्यसमितिको भर्चुअल समुहमा विवाद भएको छ’, एनआरएनए स्रोतले भन्यो ।
लामो समय अध्यक्षलाई मात्र यस्तो अधिकार दिने हो भने उनलाई मन नलागेका व्यक्तिहरुको नयाँ आवेदन अस्वीकृत हुने अवस्था सिर्जना हुने भएकाले तत्काल कार्यसमितिको बैठक बोलाउन उक्त समुहमा माग गरिएको छ । एनआरएनए युके कार्यसमिति बैठकले नयाँ सदस्य आवेदन आव्हान गर्दै १ अप्रिलबाट एमआइएस सिस्टममा जाने निर्णय गरेको थियो ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै