
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)युके भित्र एमआइएस सिस्टममा आवेदन दिएका नयाँ सदस्यहरुको सदस्यता स्वीकृत गर्ने अधिकार वर्तमान अध्यक्ष पुनम गुरुङ एक्लै राखेपछि विवाद सिर्जना भएको छ । गत महिना भएको एनआरएनए काउन्सिल बैठकमा आफैले गरेको प्रतिवद्धता विपरीत अध्यक्ष गुरुङले एकलौटी गरेपछि नयाँ सदस्यता आवेदन स्वीकृतको बिषयलाई लिएर विवाद सुरु भएको हो ।
एनआरएनए युके अध्यक्ष गुरुङले नयाँ आवेदन गर्ने व्यक्तिका सदस्यता स्वीकृत गर्ने कार्य गर्दै आएकी छिन । एनआरएनए युके महासचिव फडिन्द्र भट्टराईले एमआइएस सिस्टम अन्तर्गत आउने आवेदनको चेकजाँच गर्ने र स्वीकृत गर्ने काम अध्यक्ष गुरुङले एक्लै गरेको जानकारी दिए ।
यसअघि, एनआरएनए युके काउन्सिल बैठकमा अध्यक्ष गुरुङले एनआरएनए युके र राज्य समन्वय परिषद्बाट संयुक्त रुपमा टिम बनाएर कम्तिमा सात जनाले सदस्यता चेक जाँच गरि स्वीकृत गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन । तर, लामो समय कार्यसमितिको पुर्ण बैठक समेत नराखि अधिकारको दुरुपयोग भएको भन्दै केही उपाध्यक्षहरु, राज्य समन्वय परिषदका पदाधिकारीहरु र सदस्यहरुले उनको कदमको विरोध गरेका छन । उनीहरुले आफ्नो पक्षलाई भोट नदिने व्यक्तिहरुको सदस्यता होल्ड गरेको आरोप समेत लगाएका छन । समुहमा लामो बिवाद भएपछि महासचिब भट्टराईलाई बैठक बोलाउन समेत भनिएको एनआरएनए युके स्रोतले जनायो ।
‘एनआरएनए युके अध्यक्ष गुरुङले कार्यसमितिको बैठक समेत नराखि जवर्जस्ति शक्ति हातमा लिएकोमा एनआरएनए युके कार्यसमितिको भर्चुअल समुहमा विवाद भएको छ’, एनआरएनए स्रोतले भन्यो ।
लामो समय अध्यक्षलाई मात्र यस्तो अधिकार दिने हो भने उनलाई मन नलागेका व्यक्तिहरुको नयाँ आवेदन अस्वीकृत हुने अवस्था सिर्जना हुने भएकाले तत्काल कार्यसमितिको बैठक बोलाउन उक्त समुहमा माग गरिएको छ । एनआरएनए युके कार्यसमिति बैठकले नयाँ सदस्य आवेदन आव्हान गर्दै १ अप्रिलबाट एमआइएस सिस्टममा जाने निर्णय गरेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’