याङ्गुन। म्यान्मारको जुन्ता सरकारले यहाँको सैनिक विद्रोहको विरोध गरिरहेका १२० जना भन्दा बढी कलाकारलाई नियन्त्रणमा लिएको छ । यहाँको सरकारले पछिल्लो समयमा सैनिक विद्रोहका विरुद्धमा विभिन्न कलाकारिता प्रस्तुत गरको भन्दै उनीहरुलाई पक्राउ गरेको बिहीबार बताइएको छ ।
ती कलाकारहरु मध्येका प्रमुख हुन् यहाँका एकजना गायक र मोडेल पाइङ ताखोन । उनी म्यान्मार र थाइल्याण्डमा समेत चर्चित गायक, मोडेल र कलाकार हुन् । उनले पछिल्लो समयमा म्यान्मारको सैनिकले विद्रोह गरेर सत्ता हत्याएको विरोधमा कार्यक्रम गर्दै आएका थिए । अहिले म्यानमारमा विरोध प्रदर्शन जारी छ र यसमा कलाकारहरुले विभिन्न कला पनि प्रस्तुत गर्ने गरेका छन् ।
उनीसहित उनका अरु सहयोगी तथा कलाकारहरुलाई पनि म्यानमारको सेनाले पक्राउ गरेर थुनामा राखेको बताइएको छ । यहाँ गत फेब्रुअरी १ मा सरकारलाई अपदस्थ गरी सेनाले सत्ता लिएको छ ।
त्यसका विरुद्धमा म्यान्मारमा शुरुदेखि नै विरोध भइरहेको छ । सैनिक सरकारका विरुद्धमा यहाँका लेखक, पत्रकार, कलाकार तथा समाजका विभिन्न क्षेत्र र बर्गका नागरिकहरुले सडक संघर्षलाई जारी राखेका छन् ।
उनी म्यानमारको याङ्गुनबाट दक्षिणी शहरमा बस्दै आएका थिए । आमाको घरमा बसिरहेका उनलाई पक्राउ गर्नका लागि आठ ओटा सैनिकका ट्रकमा करिब ५० जना सेना आएका थिए । ती कलाकारकी बहिनी थिथि लिविनले सो समाचार फेसबुकमा पोष्ट गरेकी बताइएको छ ।
उनलाई बिहीबार बिहानै निवासमै आएर सेनाले पक्राउ गरी लगेको थियो । ती कलाकार विरामी नै रहेका बेलामा सेनाले पक्राउ गरेको र उनलाई कहाँ लगेर राखेको छ भन्ने बारेमा केही थाहा पनि नभएको पनि उनकी बहिनीले बताएकी छिन् ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त