बेल्जियम । नेपाल पत्रकार महासंघ बेल्जियम शाखाले ओम शर्माको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु शेर्पा र कोषाध्यक्षमा निलम धिमिरे निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा शेरबहादुर छन्त्याल, तेज नेपाली तथा सन्तोष न्यौपाने निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्य समितिलाई नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीले पद तथा गोपनियताको शपथ गराए । सो कार्यक्रममा केन्द्रिय सदस्य बराइलीले समग्र पत्रकारिता क्षेत्रको विकासका लागि विदेशमा रहेका पत्रकारहरुको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा केन्द्रिय प्रतिनिधि भगीरथ योगीले नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिँदै विदेशमा रहेर पनि पत्रकारिता गरिरहनु वास्तवमै चुनौतीपूर्ण रहेको बताए । उनले सबैको हात हातमा स्मार्ट फोन रहेकाले मल्टीमिडियासंग परिचित हुन र आफ्नो सीप विकास गर्न सुझाव पनि दिए ।
सो कार्यक्रममा निर्वाचन समितिका संयोजक महेश थापा, नेपाल पत्रकार महासंघ बेल्जियम शाखा सदस्य शेरबहादुर छन्त्याल, पत्रकार सरस्वती कार्कीलगायतले शुभकामना दिँदै सबै पत्रकारहरु भावनात्मक रुपमा एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
शाखाका नवनिर्वाचित अध्यक्ष ओम शर्माले आगामी दिनमा सबै साथीहरुको साथ र सहयोग लिएर आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
गत फेव्रुअरी महिनाको पहिलो साता बेल्जियम शाखाको पहिलो अधिवेशन सम्पन्न भएको थियो भने केन्द्रको निर्देशन अनुसार मंगलबार नयाँ कार्यसमिति चयन गरिएको हो।
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने