वासिङ्टन।अमेरिकी संसद क्यापिटल हिल परिसरमा सुरक्षार्थ खटिएका एक प्रहरी अधिकारीमाथि संदिग्ध व्यक्तिले छुरा प्रहार गरी हत्या गरेका छन् ।
सुरक्षाकर्मी रहेको स्थानमा कार दौडाएर हमला गरेका ती व्यक्तिको कार वासिङ्टन कम्प्लेक्सको सुरक्षा अवरोधमा गएर ठोक्किएको थियो । आक्रमणकारी व्यक्ति कारबाट बाहिर निस्केर प्रहरीमाथि अन्धाधुन्ध छुरा प्रहार गरेका थिए, जसबाट एक जनाको मृत्यु भएको र अर्का एक प्रहरी घाइते भएका थिए ।
अमेरिकी संसद कङ्ग्रेसमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेको तीन महिना पुग्नैलाग्दा यस्तो घटना भएको हो ।
क्यापिटल प्रहरीका कार्यवाहक प्रमुख योगानन्द पिटम्यानले आक्रमणकारी व्यक्तिको प्रहरी कारबाहीमा मृत्यु भएको जानकारी दिनुभयो ।
इस्टरको विदा मनाउन पत्नी जिल बाइडेनका साथ क्याम्प डेभिडमा रहनु भएका राष्ट्रपति जो बाइडेनले हत्या गरिएका प्रहरी अधिकारी विलियम इभान्सका परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्नु भएको छ । “क्यापिटल परिसरको सुरक्षा जाँचमा खटिएका प्रहरीमाथि भएको हिंसात्मक आक्रमण भएको र त्यसबाट एक प्रहरीको ज्यान गएको थाहा पाउँदा जिल र मलाई अत्यन्त दुःख लागेको छ ।”
अमेरिकी संचार माध्यमहरुले आक्रमणकारी व्यक्ति एक २५ वर्षीय अश्वेत नोहा ग्रीन रहेको बताएका छन् । उनी अश्वेत राष्ट्रवादी नामको नेसन अफ इस्लाम आन्दोलनसँग आबद्ध रहेको पनि संचार माध्यमहरुले बताएका छन् ।
प्रहरी अधिकृत पिटम्यानले आक्रमणको उद्देश्यबारे तत्काल भन्न नसकिने बताउनुभयो । यो घटना आतङ्कवादसँग सम्बन्धित रहेको देखिन्न, तर हामी अनुसन्धान गर्दैछौं, उहाँले भन्नुभयो ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी