लण्डन । कोरोना भाइरसका कारण लगाइएको लकडाउनलाई खुलाउँदै जाने क्रममा आजदेखि इङल्याण्डमा घरबाहिर दुई परिवार वा दुईभन्दा बढी परिवारका छ जनासम्म भेट्न पाइने भएको छ ।
घरबाहिरको निजी वा सार्वजनिक बगैँचा वा पार्कमा यसरी भेट्न पाइने भएको हो ।
आजैदेखि ‘घरमै बसौँ’ भन्ने नियम पनि हटेको छ । तथापि बेलायत सरकारले सम्भव भएसम्म घरबाटै काम गर्न र स्थानीय क्षेत्रमा मात्र रहन सुझाव दिएको छ । अझै पनि विदा मनाउनका लागि भने अनुमति दिइएको छैन । साथै अत्यावश्यक बाहेकका पसलहरु खोल्न, पव र रेस्टुराँहरुमा बसेर पिउन खान अनुमति दिइएको छैन ।
आजबाट हलबाहिर हुने खेलकुद गतिविधि पनि खुलेका छन्। जसमा गल्फ, टेनिस, बास्केटबल, पौडी लगायत छन् । यसका साथै हलबाहिर गरिने खेल प्रतियोगिताहरु पनि आजबाट सन्चालन गर्न पाइनेछ ।
इङल्याण्डमा दोस्रो चरणको लकडाउन खुकुलो बनाउने नियम अप्रिल १२ मा घोषणा हुँदैछ भने जुन २१ देखि बेलायतबाट लकडाउनसम्बन्धी सबै नियम हटाउने सरकारको योजना छ ।
उता बेलायतकै वेल्स राज्यमा भने २७ मार्चदेखि नै वेल्सभित्र आवतजावत गर्न, छ जनासम्म वा दुई परिवार भेटघाट गर्न र हलबाहिरका खेलकुद गतिविधि गर्न अनुमति दिइसकिएको छ । स्कटल्याण्डमा पनि यसअघि नै दुई परिवारका सदस्यहरु वा ४ जनासम्म भेटघाट गर्न अनुमति प्रदान गरिसकिएको छ तर उत्तरी आयरल्याण्डमा भने अप्रिल १ देखि मात्र दुई परिवार वा बढीमा १० जनासम्म घरबाहिर भेट्न अनुमति दिइँदैछ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?