लण्डन । कोरोना भाइरसका कारण लगाइएको लकडाउनलाई खुलाउँदै जाने क्रममा आजदेखि इङल्याण्डमा घरबाहिर दुई परिवार वा दुईभन्दा बढी परिवारका छ जनासम्म भेट्न पाइने भएको छ ।
घरबाहिरको निजी वा सार्वजनिक बगैँचा वा पार्कमा यसरी भेट्न पाइने भएको हो ।
आजैदेखि ‘घरमै बसौँ’ भन्ने नियम पनि हटेको छ । तथापि बेलायत सरकारले सम्भव भएसम्म घरबाटै काम गर्न र स्थानीय क्षेत्रमा मात्र रहन सुझाव दिएको छ । अझै पनि विदा मनाउनका लागि भने अनुमति दिइएको छैन । साथै अत्यावश्यक बाहेकका पसलहरु खोल्न, पव र रेस्टुराँहरुमा बसेर पिउन खान अनुमति दिइएको छैन ।
आजबाट हलबाहिर हुने खेलकुद गतिविधि पनि खुलेका छन्। जसमा गल्फ, टेनिस, बास्केटबल, पौडी लगायत छन् । यसका साथै हलबाहिर गरिने खेल प्रतियोगिताहरु पनि आजबाट सन्चालन गर्न पाइनेछ ।
इङल्याण्डमा दोस्रो चरणको लकडाउन खुकुलो बनाउने नियम अप्रिल १२ मा घोषणा हुँदैछ भने जुन २१ देखि बेलायतबाट लकडाउनसम्बन्धी सबै नियम हटाउने सरकारको योजना छ ।
उता बेलायतकै वेल्स राज्यमा भने २७ मार्चदेखि नै वेल्सभित्र आवतजावत गर्न, छ जनासम्म वा दुई परिवार भेटघाट गर्न र हलबाहिरका खेलकुद गतिविधि गर्न अनुमति दिइसकिएको छ । स्कटल्याण्डमा पनि यसअघि नै दुई परिवारका सदस्यहरु वा ४ जनासम्म भेटघाट गर्न अनुमति प्रदान गरिसकिएको छ तर उत्तरी आयरल्याण्डमा भने अप्रिल १ देखि मात्र दुई परिवार वा बढीमा १० जनासम्म घरबाहिर भेट्न अनुमति दिइँदैछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी