वासिङ्टन। कोरोनाभाइरस विरुद्ध प्रयोग हुदै आएको अस्ट्राजेनिका खोप गम्भीर बिरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी पाइएको छ ।
कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले गरेको नयाँ परीक्षणले खोप प्रभावकारी र सुरक्षित रहेको फेरि प्रमाणित गरेको हो ।
अमेरिका, चिली र पेरुका ३२ हजारभन्दा बढी स्वयंसेवकमा खोप परीक्षण गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् ।
परीक्षणबाट खोप लक्षणयुक्त कोरोनाभाइरसको सङ्क्रमण रोक्न ७९ प्रतिशत प्रभावकारी रहेको पनि पुष्टि भएको छ ।
त्यसैगरी यो खोपले रगत जम्ने जोखिम पनि नदेखिएको परीक्षणको नतिजाले देखाएको अधिकारीहरुले बताएका छन् ।
अक्सफोर्ड विश्वविद्यालयका खोप परीक्षणका प्रमुख अध्ययनकर्ता प्राध्यापक एन्ड्रु पोल्र्डले नयाँ अध्ययनको नतिजाले खोपको प्रभावकारिता पुनः प्रमाणित गरेको दावी गर्नुभयो ।
युरोपेली मुलुक लगायत कतिपय मुलुकहरुले खोपको प्रभावकारिता र उपयोगिताप्रति शङ्का गर्दै खोप लगाउन रोकिरहेका बेला यो नतिजा सार्वजनिक भएको हो ।
यो नतिजा सार्वजनिक भएसँगै खोप लगाउन छाडेका मुलुकहरुले खोप लगाउने अभियानलाई फेरि निरन्तरता दिने अपेक्षा गरिएको छ ।
तर कतिपय देशहरुले भने युरोपेली औषधि नियामक निकायले खोप सुरक्षित र प्रभावकारी नै रहेको बताएपछि फेरि लगाउन थालेका छन् ।
विश्वका धेरै देशमा लाखौँ व्यक्तिले यो खोप लगाइसकेका छन् । कतिपय देशहरुले अहिले पनि यो खोप लगाउने कार्यलाई निरन्तरता दिइनै रहेका छन् ।
कतिपय देशहरुले यो खोप लगाउन रोकेको र कतिपयले यो खोप्रति शङ्का उब्जाइरहेका बेला यो नतिजा सार्वजनिक भएपछि त्रसित भएकाहरु फेरि ढुक्क हुने भएका छन् ।
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
नेपालको परराष्ट्र मन्त्रालयले भन्यो – ‘पश्चिम एसियाको द्वन्द्वपछि ३० हजार नेपाली स्वदेश फर्किए’
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने