लण्डन । नेपाल इन्जिनियर्स एसोसिएसनको युके शाखाका रुपमा रहेको युके केन्द्रको अध्यक्षमा उदीप राई निर्वाचित भएका छन् ।
शाखाको आइतबार सम्पन्न भर्चुअल साधारण सभाले राईको नेतृत्वमा १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।
शाखाको उपाध्यक्षमा राम राजा रावल, महासचि इन्दु राई, सचिव मिम जुग्जाली, कोषाध्यक्ष पूजा गुरुङ, सहकोषाध्यक्षा नितु शर्मा र सदस्यहरुमा दिपेश राई, सागर गुरुङ, उदेश देवान, ओम थापा, दिवस गुरुङ, अविनाश जोशी र हिमाल गुरुङ रहेका छन् ।
कार्यसमितिमा युवा इन्जिनियरहरु रहेका छन् भने ४० प्रतिशत महिलाहरुको सहभागिता छ ।
एसोसिएसनले इन्जिनियरहरुलाई सन्जाल बनाउनका मन्च प्रदान गर्ने, विद्यार्थी इन्जिनियरहरुलाई सघाउने र बेलायतमा रहेका अन्य नेपाली संघसंस्थाहरुसित मिलेर काम गर्ने लक्ष्य राखेको नवनिर्वाचित अध्यक्ष राईले वीनेपालीलाई बताए ।
नवनिर्वाचित समितिलाई सो केन्द्रका संस्थापक अध्यक्ष तथा गैरआवासीय नेपाली संघ युकेका कोषाध्यक्ष तेजेन्द्र रोकामगरले सपथ गराएका थिए ।
नेपालमा रहेको नेपाल इन्जिनियर्स एसोसिएसनकाे शाखाका रुपमा केही वर्षदेखि सो केन्द्र बेलायतमा कार्यरत रहँदै आएको छ ।
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता
कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]