एनआरएनए यूकेको छैठौं काउन्सिल बैठक सम्पन्न, चार उपाध्यक्षद्वारा वहिष्कार

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको छैठौं काउन्सिल बैठकलाई संघकै चार उपाध्यक्षहरुले बहिष्कार गरेका छन् । संस्थाभित्रको आर्थिक घोटालाको निष्पक्ष छानविनको माग गरिरहेका उपाध्यक्षहरुले अध्यक्ष पुनम गुरुङले एकपक्षीय ढंगले आयोजना गरेको काउन्सिल बैठकलाई बहिष्कार गरेका हुन् । आइतबारको छैठौ काउन्सिल भर्चुअल बैठक बहिष्कार गर्ने उपाध्यक्षहरुमा प्रेम गाहामगर, रामचन्द्र पोखरेल, मोहन कार्की र नारायण कंडेल छन् ।

संघ संस्थालाई बिशेष भूमिका दिइने बैठकको संयोजक उपाध्यक्ष रोजीना राई गरेकी थिइन । एनआरएनए युके महासचिव फडिन्द्र भट्टराई, सचिव जीत रानाभाटले संचालन गरेको काउन्सिल बैठकमा जनता समाजवादी पार्टी युकेका नेता चन्द्र गुरुङ पक्षलाई गोर्खा मामिलामा विशेष भूमिका दिइएपछि अर्का गोर्खा अभियन्ता ज्ञानराज राई कार्यक्रममा आएनन् । राई पक्षका भुतपुर्व गोर्खाजहरुले जुम बैठकमा सार्वजनिक रुपमै विरोध जनाउदै कमेन्ट गरेका थिए ।
काउन्सिल बैठकमा संघका केन्द्रिय सल्लाहकार कुल आचार्यले सानोतिनो कुरामा नअल्झिन र घर भित्रको कुरा घर भित्रै सुल्झाउन आग्रह गरे। उनले संस्थालाई बचाउनु सबैको जिम्मेवारी हो भन्दै साझा संस्थालाई सहकार्य गरी साझारुपमा अगाडी बढाउन आग्रह गरे। मगर संघ युकेका अध्यक्ष सुनिल रानाले यस अघिको एनआरएनए युके कार्य समितिले गरेको आर्थिक घोटालाका बारेमा प्रश्न उठाएपछि अध्यक्ष पुनम गुरुङले झण्डै एक घण्टा स्पष्टीकरण दिइन् ।
कार्यक्रमको अन्तिममा एनआरएनए कोभिड १९ संयोजक तथा आर्थिक सहयोग कोअर्डिनेटर दिपक श्रेष्ठलाई हटाएर उपाध्यक्ष राई सहयोग प्रमाण पत्रमा हस्ताक्षर समेत गराइएको थियो । स्मरण रहोस इंग्ल्याण्ड राज्य समन्वय परिषद् अध्यक्ष दिपक श्रेष्ठलाई आर्थिक सहयोग संकलन गर्न कोअर्डिनेटरको जिम्मा दिएपनि प्रमाण पत्रमा हस्ताक्षर गर्न नदिएको स्रोतले बतायो ।

झण्डै १२ घण्टा चलाइएको काउन्सिल बैठकको कार्यक्रम खाका सार्वजनिक गरिएको थिएन । जसका कारण लामो समय कार्यक्रम चलेको थियो भने कतिपय संघसंस्थाका अगुवाहरु बैठकबाट बाहिरिएका थिए ।
अमेरिकाबाट भर्चुअल बैठकमा जोडिएका संघका केन्द्रिय सचिव अमेरिकी निवासी गौरी जोशीले प्रस्तुत गरेको स्मार्ट एनआरएनए तथा अनलाईन भोटिङको विश्वासनियताका बारेमा जिज्ञासा राखेपछि कार्यक्रममा जोशी स्मार्ट एनआरएनएमाथि आशंका गरेको भन्दै रिसाए । एनआरएनए सल्लाहकार विश्वआर्दश पण्डितले प्रश्न सोध्न पूर्वाग्रह नहुने भन्दै थप प्रश्न सोधेपछि जोशीले आवेशमा आएको भन्दै माफी मागेका थिए ।

 


                                                                                                                     घोषणापत्र जस्ताको तस्तै 

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको  छैठौं संघसंस्था प्रतिनिधिसभा (काउन्सिल बैठक) १४ मार्च आइतबारका दिन भर्चुअल (जुम) माध्यमबाट सम्पन्न भयो । गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकको संयोजन संघकी उपाध्यक्ष तथा संघ संस्था समन्वय विभागकी प्रमुख रोजिना प्रधान राईले गर्नुभएको थियो । बैठकमा महासचिव फडिन्द्र भट्टराईले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष तेजेन्द्र रोका मगरले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भए ।


काउन्सिल बैठकमा भूतपूर्व गोर्खाका अधिकारनेपाली नागरिकताको निरन्तरतागैरआवासीय नेपाली संघको स्मार्ट एनआरएनए अवधारणाअनलाइन भोटिङबेलायतको जनगणनालगायत आम गैरआवासीय नेपालीका चासो र सरोकारका कयौं विषयमा व्यापक र महत्वपूर्ण छलफल भयो ।  बैठकमा उपस्थित भएर रचनात्मक सहभागिता जनाउनका साथै एनआरएनए यूकेलाई सहयोग र हौसला प्रदान गर्नुहुने प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत महामहिम लोकदर्शन रेग्मीविशेष अतिथिहरु गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीमहासचिव डा. हेमराज शर्मासचिव गौरीराज जोशीसहित बेलायतस्थित सम्पूर्ण संघ–संस्थाका प्रतिनिधिगोर्खा अभियन्ताहरुसमाजका अगुवाबुद्धिजिवीसञ्चारकर्मीमहिला तथा युवा अभियन्ता सबैप्रति यो बैठक हार्दिक आभार प्रकट गर्दछ ।

१ सय ५० भन्दा बढी संघसंस्थाका प्रतिनिधिहरुगैरआवासीय नेपाली संघका सल्लाहकारकेन्द्रीय पदाधिकारीसमाजका अग्रज व्यक्तित्वहरु लगायतको उपस्थितिमा सम्पन्न बैठकमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सुझावका आधारमा यो काउन्सिल बैठकले निम्नानुसारको १३ बुंदे घोषणापत्र जारी गर्दछ ।

 

१.  ‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने मूल भावना अनुसार नेपालको संवैधानिक प्रावधान अनुरुप गैरआवासीय नेपाली नागरिकताको सुनिश्चितता गर्न हाल संघीय संसदमा विचाराधिन ‘गैरआवासीय नेपाली नागरिकता सम्बन्धी ऐन’लाई संसदको चालू अधिवेशनबाट अनुमोदन गर्न यो बैठक नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।  

 २.           गैरआवासीय नेपाली तथा बेलायतस्थित भूतपूर्व गोर्खाहरुको सम्पतिको अधिकार सुरक्षित गर्न वंशजको नेपाली नागरिक सरह पूर्ण अधिकारको ग्यारेन्टी गर्न यो बैठक नेपाल सरकार समक्ष माग गर्दछ ।

३.           लामो समयदेखि भूतपूर्व गोर्खाहरुले उठाउँदै आएको समान पेन्सन तथा बेलायती सेनामा अन्य सैनिक सरह पूर्ण अधिकारको मागप्रति यो बैठक पूर्ण रुपमा ऐक्यवद्धता व्यक्त गर्दछ ।

 ४.           नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय अभियानमा सहकार्यका लागि सदैव उत्साहित एनआरएनए यूके नेपालमा सुनिश्चित लगानीको वातावरण निर्माणका लागि समेत नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ । साथैगैरआवासीय नेपाली संघको सक्रियतामा नेपालमा शुरु हुन लागेको १० अर्ब लगानी कोषमा सहयोग गर्न बेलायतभरका गैर आवासीय नेपालीमाझ यो बैठक अपिल गर्दछ ।

५.           यही मार्च २१२०२१ का दिन बेलायतमा हुन गइरहेको राष्ट्रिय जनगणनामा सक्रिय सहभागिता जनाई ’इथ्निसिटी’ तथा ’मुख्य भाषा’ मा ‘नेपाली’ लेख्न सम्पूर्ण बेलायतवासी नेपाली समुदायमाझ यो बैठक आव्हान गर्दछ ।

 ६.           गैरआवासीय नेपाली संघले अघि सारेको स्मार्ट एनआरएनए तथा संघको पुर्नसंरचनाप्रति यो बैठक एक्येवद्धता व्यक्त गर्दछ । साथैएनआरएनए यूकेको निर्वाचनमा अनलाइन प्रविधिमार्फत अनलाइन भोटिङको व्यवस्थासहित गैरआवासीय नेपाली संघका पञ्जिकृत सदस्यहरुका लागि निःशुल्क सदस्यता वितरण गर्नेबारे सरोकारवालासंगको आवश्यक छलफलपश्चात अघि बढ्न यो बैठक निर्देश गर्दछ ।

 ७.           नेपालमा पछिल्लो समय महिला तथा बालबालिकाहरुमाथि बढ्दो दुव्र्यवहारबलात्कार तथा घरेलु हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यो बैठक त्यस्ता किसिमका घरेलु तथा यौनिक दुव्र्यवहार अन्त्यका लागि नेपाल सरकारसहित सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण गराउँछ । साथैत्यस्ता घटनाहरुको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही र पीडितलाई मनोपरामर्शसहित क्षतिपूर्तिको व्यवस्था गरिदिन यो बैठक नेपाल सरकार समक्ष माग गर्दै राष्ट्रिय समन्वय परिषद बेलायतलाई समेत महिला सशक्तिकरणमा जोड दिन निर्देश गर्दछ ।

 ८.           आगामी निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई पनि मतदानको समान अधिकार प्रदान गर्न यसअघि नै नेपालको सम्मानित सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि यो बैठक नेपाल सरकार समक्ष माग गर्दछ । त्यसका लागि विदेशस्थित नेपाली दूतावासमार्फत मतदाता नामावली संकलन र मतदानको व्यवस्था गर्न यो बैठक नेपाल सरकारको ध्यानार्कण गराउँदछ

 ९.           गैरआवासीय नेपाली संघ यूकेको मौजुदा विधानमा भएका जटिलताहरुबारे यो बैठक गम्भीर मनन गर्दै समय सापेक्ष परिमार्जन तथा संशोधनका लागि तुरुन्तै आवश्यक प्रक्रिया चाल्न कार्यसमितिलाई पूर्ण अधिकार प्रदान गर्दछ ।       १०.         गैरआवासीय नेपाली संघ यूके बेलायतस्थित नेपाली राजदूतावासबुद्धिजिवीपत्रकारमहिलायुवाविद्यार्थीकलाकारसाहित्यकारव्यवसायीपेशाकर्मी लगायत सम्पूर्ण नेपाली संघसंस्थाहरुसँग सहकार्य गरि अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछ।         

११.         यस काउन्सिल बैठक बेलायतका लागि नवनियुक्त राजदूत लोकदर्शन रेग्मीद्वारा प्रस्तुत गैरआवासीय नेपाली संघ यूकेसँग सहकार्य गरी अगाडि बढ्ने प्रस्तावको हार्दिक स्वागत गर्दै नेपाली दूतावास लण्डनसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

१२.         विश्वव्यापी रुपमा फैलिएको महामारी (कोभिड १९) का कारण निधन हुनुहुने एनआरएनए यूके पूर्व उपाध्यक्ष एवम् गोर्खा अभियन्ता डा चन्द्र लक्सम्बासहित बेलायत र विश्वभर ज्यान गुमाउने गैरआवासीय एवम् सम्पूर्ण नेपालीहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ ।

१३.         यस काउन्सिल बैठक नेपालको आर्थिक समृद्धिविकासपर्यटन प्रवर्धनवैदेशिक लगानी प्रवद्र्धनमहिला सशक्तिकरण लगायतका एजेण्डामा आवश्यक साथ र सहभागिताका लागि समस्त गैरआवासीय नेपालीहरुमा अपिल गर्दछ ।

 पुनम गुरुङ                                                                                                                                  फडिन्द्र भट्टराई 

अध्यक्ष                                                                                                                                      महासचिब

प्रतिक्रिया

सम्बन्धित सामाग्री